भर्खरै

न घोषित रूपमा लोडसेडिङ छ, न नियमित बिजुली बत्ती बल्छ ! जिल्लावासी हैरानीमा

  • प्रकाशित मिति : आईत, पौष ५, २०७७
  • - विद्युत संसार
title
पुस ५ काठमाडौं । रसुवा जिल्लामा एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना सञ्चालन भए पनि समय समयमा विद्युत् अवरुद्ध हुनाले जिल्लावासी  हैरानीमा पर्ने गरेका छन् । हिउँदमा हावाहुरी र वर्षाद्मा लोडसेडिङ तालिका बिना विद्युत् सेवा अवरुद्ध हुनाले समस्या हुने गरेको हो । छ मेगावाट मैलुङ र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र  जिल्लामै  भए पनि विद्युत् आपूर्ति बन्द हुने गरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा एक दर्जन विद्युत् आयोजना निर्माणाधीन छन् ।
 
न घोषित रूपमा लोडसेडिङ छन न नियमित बिजुली बत्ती बल्छ, हावाहुरी आउने समय होस् कि वर्षाद् विद्युत् अवरुद्ध भइहाल्छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाले    सूचना गरी लाइन स्थानान्तरण गर्ने काम भएकाले गत मङ्सिर २१ देखि २९ सम्म विद्युत् अवरुद्ध हुने भने पनि कालिका र उत्तरगया गाउँपालिका क्षेत्रमा अहिले पनि दिनभर विद्युत्  अवरुद्ध हुन छाडेको छैन । चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कालिकास्थानका होटल व्यवसाय ज्ञानु न्यौपानेले  भने, “लोडसेडिङ   छैन तर समय समयमा बत्ती जानाले हैरान हुन्छ ।
 
 कहिले त अँध्यारोमा बस्नुपर्छ, कतिबेला बत्ती जान्छ, कतिबेला आउँछ अत्तोपत्तो नै हुँदैन ।” “विद्युत् वितरणमा प्रयोग गरिएको तार  तथा पोल बलिया  छैनन् ।  हावाहुरीले तार चँुडिने तथा पोल ढल्ने हुन थालेकाले विद्युत् खपत बढाउन कठिन छ,”  स्थानीय लाक्पा तामाङले बताए  । जिल्लामा पोल्ट्री फार्म, रेमिट्यान्स, बैङ्क, फर्निचर, फोटो स्टुडियो,  कुटानी पिसानी मिल, होटल, पसलमा पनि नियमित बिजुली नभएर समस्या हुँदै आएको छ । सरकारले इन्भर्टर, ग्यास, सोलार प्रयोग  नगरी  बिजुलीबाट सबै काम गर्ने भनेपनि  ठाउँठाउँमा तार पुरानो तथा कमजो र राखेकाले  धान्न नसक्ने देखिएको स्थानीयको भनाइ छ ।
 
 ट्रान्सफर्मर पनि पुराना र कम क्षमताका  भएकाले समस्या भएको  भन्दै  प्राधिकरणले विभिन्न स्थानमा विद्युत् तार कमजो र भएकाले  फेर्ने योजना बनाएको जनाएको छ । वर्षाका कारण  विद्युत्  आपूर्तिमा  अवरोध पुगे को प्राधिकरणको  भनाइ छ, तर के वर्षा के हिउँद सदरमुकाम धुन्चे, स्याँफ्रुलगायत आसपासका क्षेत्रमा विद्युत्  आपूर्ति बन्द हुने गरेको वर्षौ भइसके पनि समस्या समाधानमा प्राधिकरणको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ । उता अधिकांश समय विद्युत् नआउने भएकाले  समस्या भएको  होटल व्यवसायी बताउँछन् । -आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago