भर्खरै

आफ्नो बारेमा अनर्गल प्रचार गरिएको भन्दै नेता वर्षमान पुन द्धारा आपत्ति

  • प्रकाशित मिति : सोम, पौष ६, २०७७
  • - विद्युत संसार संवाददाता
title
पुस ६ काठमाडौं । निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले राजिनामा पछि आफ्नो राजनैतिक चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन । पुनले मन्त्री पदबाट राजिनामा दिएको भोलिपल्ट सामाजिक सञ्जालमा आफ्नाबारेमा कुप्रचार गरिएकाले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन ।
 
आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा सरकारी सामान नलगिएको स्पष्ट पार्दै उनले सोमबार एक वक्तव्य जारी गरेका छन् उनले भनेका छन्, ‘डेरा सर्दा सरकारी सामान लगिएको भन्ने गलत आरोप लगाएर कुप्रचार गर्ने प्रयास भएको छ । गलत प्रचार गर्ने क्रम नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी पनि दिएका छन् ।
 
साथै उनका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं ले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाउदै भनेका छन् ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’
पुनले हिजो आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमको बिरोध गर्दै ऊर्जा मन्त्रालयको मन्त्रीपदबाट राजिनामा दिएका थिए । उनिसँगै सात मन्त्रीले एकै साथ राजिनामा दिएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago