भर्खरै

सपनाको बिजुली

  • प्रकाशित मिति : बुध, पौष ८, २०७७
  • - विद्युत संसार
title

”पहिले उनीहरुको विद्युत् हेरेर चित्त दुखाउँथ्यौं, अहिले हाम्रोतिर झलमल्ल भएको देख्दा उनीहरु छक्क पर्छन् । विकासको पूर्वाधारले पनि दुई देशका नागरिकको अवस्था झल्काउने रहेछ ।’’
यो भनाई वषौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीको हो । साँच्चै विद्युतीकरणले सूस्तावासीका लागि यस वर्षको दिपावली जीवनको अविस्मरणीय बन्न पुगेको छ ।
 
राज्यले सबै नेपाली जनताको पहुँचमा विद्युत पु¥याउने लक्ष्यका साथ विद्युतीकरणको योजना अगाडी बढाएको छ । सोही अवधारणा अनुरुप वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा गाउँपालिकामा निर्माण गरिएको १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिड परियोजना मार्फत यहाँका २६६ घरधुरीका बासिन्दाले विद्युत् सुविधा प्राप्त गरेका छन् ।
 
विद्युतको पहुँचबाट टाढा रहेको नेपाली भूमिका सुस्तावासी वर्षौंदेखि टुकीको भरमा जीवन बिताउँदै आएका थिए । आज सौर्य ऊर्जामार्फत बिजुली बल्न थालेपछि खुसिले गदगद् छन् ।
सुस्तावासी जस्तै वर्षौदेखि अँध्यारोमा बस्न बाध्य भौगोलिक दृष्टिकोणले विकट मानिएका क्षेत्रहरुका आम स्थानीय अझै टुकीकै सहारामा बस्न बाध्य छन् । उनिहरुको लागि विद्युत भनेको सपनाको कथा जस्तो आभाष हुने गर्दछ ।
 
सरकारले २०७९ (सन् २०२२) भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र वार्षिक प्रतिव्यक्ति विद्युत् खपतलाई ७ सय युनिट पु¥याउने लक्ष्य राखेको छ ।  
 
सम्भव भएसम्मका क्षेत्रमा विद्युत प्राधिकरणको केन्द्रीय ग्रीडमार्फत तथा सम्भव नभएका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक ऊर्जाका प्रविधिहरू पु¥याइने सरकारको लक्ष्य छ । सरकारले सौर्य (सोलार) ऊर्जा, लघु जलविद्युतलगायतका नवीकरणीय ऊर्जाका प्रविधिहरूलाई उच्च महत्व दिएको छ । 
 
सरकारले जुन अनुरुप आफ्ना योजना अघि सारेको छ त्यस अनुरुप नै आफ्ना काम लाई तीव्रता दिन जरुरी छ । जसरी वर्षै देखि अँध्यारोमा बस्न बाध्य सुस्तावासीमा उज्यालोले खुसि फर्काएको छ त्यसरी नै नेपालका दुर्गमभेगका स्थानीयमा पनि सपनाको बिजुली आफ्नो घरमा पाओस् ।

प्रतिक्रिया