भर्खरै

शहरी खानेपानी मन्त्रालय र नगरपालिका बीच पानी तथा ढल व्यवस्थापन गर्न सहमति

  • प्रकाशित मिति : बिही, पौष ९, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । दोलखाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि भिमेश्वर नगरपालिका र शहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालय बीच सहमति भएको छ ।
 
हिजो बुधबार सिंहदरबार स्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र शहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठले चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौंता पत्रमा हस्ताक्षर भएको हो । 
 
उक्त आयोजनाको कुल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैंँया रहेको छ भने कुल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
 
सो आयोजना चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत् खानेपानी तथा ढल व्यवस्थापन गरिने जनाइएको छ । आयोजना एसियाली विकास बैंकको ऋण सहायतामा निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।  
 
कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता गुरुङले हिमाली जिल्लामा यो आयोजना नेपालमै पहिलो आयोजना रहेको जनाउँदै यो आयोजनालाई नमूना आयोजनाको रुपमा अघि बढाउने बताए । उनले भने यो आयोजना भिमेश्वर नगरपालिकाको मात्रै नभएर राष्ट्रकै पहिलो नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गरे ।
 
यस्तै बागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाईँले सो आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भिमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना संचालनका लागि पहल गरि दिएकोमा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गरेका थिए भने आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले सो आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
 
सो आयोजना संरचना निर्माणका लागि आवश्यक स्थानलगायतका व्यवस्था सरोकारवालाहरुको सहमतिमा भिमेश्वर नगरपालिका आफैंले गर्नेछ । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, संचारमन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago