भर्खरै

इलेक्ट्रा इलेक्ट्रिकको एन्टी ब्याक्टेरिया स्वीच सहित दुई उत्पादन सार्वजनिक

  • प्रकाशित मिति : आईत, पौष १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

पुस १२ विराटनगर । विद्युतीय सामग्रीको क्षेत्रमा चर्चित ब्राण्ड इलेक्ट्रा इलेक्ट्रिकले गत शुक्रवार विराटनगरको विग होटलमा भब्य समारोहका विच आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । 
 
 
वार्षिकोत्सव समारोहको अवसर कम्पनीले आफ्नो दुई उत्पादन सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष सत्यनारायण अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र नेपाली चर्चित नायिका केकी अधिकारीले कम्पनीका नयाँ उत्पादन एन्टी ब्याक्टेरिया अमोर स्विच र राइनो एफआरएलएस वायर सार्वजनिक गरेका थिए । कम्पनीका अनुसार अमोर स्विच नेपालकै पहिलो र एकमात्र एन्टी ब्याक्टेरिया स्वीच रहेको र ९९.९९ प्रतिशत भाइरसबाट सुरक्षित रहेको कम्पनीको दाबी गरेको छ ।
 
 
एन जि इलेक्ट्रिकल्स् प्रालिका प्रबन्धक गोपाल अग्रवालले विद्युत संसार सँग भने “कम्पनीले सार्वजनिक गरेको राइनो एफआरएलएस वायरमा आगो नफैलिने र तारमा आगो लागि हाले पनि हानिकारक विषालु धुँवा आउदैन ।” 
विक्रि वितरणको लागि जनावरीको पहिलो हप्ताबाट बिक्रीबितरण शुरुहने र देशभरका आफ्ना डिलरहरुमा आगामी तीन महिना भित्र सबै विद्युतीय बजारमा पु¥याउने योजना रहेको प्रवन्धक अग्रवालले बताए । कोरोना भाइरस सङ्क्रमणले सबैलाई आक्रान्त बनारहेको छ यस्तो समयमा उपभोक्तालाई सुरक्षित राख्ने उद्देश्यका साथ नयाँ उत्पादन बजारमा ल्याइएका हौ, उनले भने । 
 
 
पाँच वर्ष अघि देखि विद्युतीय क्षेत्रमा एउटा पहिचान बनाउदै आएको इलेक्ट्रा इलेक्ट्रिकको वार्षिकोत्सव समारोहमा देशैभरका डिलर एवम् खुद्रा बिक्रेता र विराटनगरका अन्य व्यवसायी सहित दुई सय व्यवसायीहरुको उपस्थिती थियो ।
वार्षिकोत्सव समारोहमा सहभागि व्यवसायीलाई मनोरन्जन दिन साँगितीक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया