भर्खरै

महिनादिन भित्रै चन्द्रागिरी नगरपालिकाले ५०० सडकबत्ती जडान गर्दै

  • प्रकाशित मिति : मंगल, पौष १४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, पुस । चन्द्रागिरि नगरपालिकाले काठमाडौंं उपत्यकाको मुख्य सडकमा ५०० सडक बत्ती  जडान गर्ने भएको छ । 
 
काठमाडौंको पिप्लामोड,नागढुङ्गा,सतुङ्गल हुँदै कलङ्की क्षेत्रको सडकमा नगरपालिकाले करिब १ करोड लागतमा ५०० सडक बत्ती जडान गर्ने भएको हो ।
 
नगरपालिकाले सडक क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई रोक्नका लागि ५०० सडकबत्ती जडान गर्न लागेको नगरपालिकाका प्रमुख घनश्याम गिरी बताए । सडक बत्ती जडान गर्नका लागि नगरपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै आगामी एक महिनाभित्र सडक बत्ती जडानको काम सक्ने प्रमुख गिरीको भनाई छ । 
 
उनले भने  “चन्द्रागिरिले गत महिना राजमार्ग क्षेत्रमा ६८ सिसी क्यामरा जडान गरेको छ, उक्त क्यामेरा पनि चन्द्रागिरिले १ करोड रुपैयाँ लागतमा जडान गरेको हो । सिसी क्यामरा र सडक बत्ती जडानसँगै चन्द्रागिरिको राजमार्गमा हुने आपराधिक क्रियाकलाप कम हुँदै जाने विश्वास नगरपालिकाले लिएको छ ।
 
नगरपालिकाको विकासलाई उच्च प्राथमिकता दिएको सो नगरपालिकाले नगरपालिकाको भवन निर्माणसमेत अन्तिम चरणमा पुर्याएको छ । यस्तै जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा नेपालकै पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग चन्द्रागिरिमा निर्माण हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago