भर्खरै

विद्युत् चुहावट नियन्त्रण टोली सक्रिय, दर्जनौँ विद्युतीय सामग्री बरामद

  • प्रकाशित मिति : बुध, पौष १५, २०७७
  • - Admin
title
राजविराज, पुस १५ गते । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण गर्न सक्रियता बढाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि जारी गरिएको लकडाउन तथा निषेधाज्ञा हटेपछि वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रणलाई तीब्रता दिएका हुन ।
 
कोरोना भाइरस संक्रमणको महामारीमा पोलमा हुकिङ्ग गरी चोरेर विद्युत प्रयोग गर्ने अत्यधिक बढेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट खटिएको विद्युत् चुहावट नियन्त्रण संयुक्त टोलीले पोलमा सिधैँ हुकिङ्ग गरेर प्रयोग गरिरहेको विभिन्न बिद्युतीय सामग्रीहरु बरामद गरेको छ ।
 
विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् पोलमा सिधै हुकिङ्ग गरिरहेको अवस्थामा ती विद्युतीय सामग्रीहरु बरामद गरेको वितरण केन्द्र राजविराजका प्रमुख इन्जिनियर अमोदकुमार यादवले जानकारी दिनुभयो । हुकिङ्ग गरी विद्युतीय उपकरण प्रयोग गरिरहेको बेला टोलीलाई देखेर भागेको घरबाट फ्रिज, पानी तान्ने मोटर, पंखा, टिभी, रेफ्रिजेरेटर, मिटर, कटर मेसिन लगायतका दर्जनौ विद्युतीय उपकरण बरामद गरी सोको मूल्याकंन आधारमा जरिवाना तिराएर फिर्ता गरिएको उहाँले बताउनुभयो ।
 
विद्युत् चुहावट नियन्त्रण टोली दिवा र रात्रीमा खटिने गरेको छ । खासगरी गहुँबाली, तरकारी बालीमा सिंचाइ गर्न सिधै हुकिङ्ग गरेर मोटरबाट पानी तान्ने गरेको संख्या सबभन्दा बढी रहेको उहाँले बताउनुभयो । खेतीपाती, तरकारी खेतीको लागि माग भए अनुसारको कृषि क्षेत्रमा विद्युतीकरण गरिएको केन्द्रका प्रमुख यादवले भन्नुभयो, तर, विद्युत् मिटर लिन आउँदैन, सिधै हुकिङ्ग गरेर सिंचाइ गरिन्छ ।
 
सप्तरीमा राजविराज, कञ्चनपुर र बोदेबरसाइन गरी तीन वटा वितरण केन्द्रहरु छन । राजविराज वितरण केन्द्र अन्तर्गत राजविराज, रुपनी, हनुमाननगरका गरी एक लाख भन्दा बढी विद्युत् ग्राहकहरु छन । हाल राजविराज वितरण केन्द्र अन्तर्गत ७० हजार भन्दा बढी ग्राहकहरु छन् ।
गोरखापत्र अनलाइन   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago