भर्खरै

आज उपत्यकाका यी स्थानमा ३ घण्टासम्म लोडसेडिङ्ग हुने

  • प्रकाशित मिति : बिही, पौष १६, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, पुस । पछिल्लो समय प्राधिकरणले विना कुनै सूचना अघोषित रुपमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ्ग गरिरहेको छ ।  यसको नागरिक स्तरबाट तीव्र आलोचना भइरहेको छ । अघोषित लोडसेडिङ्ग गर्दै आएको प्राधिकरणले आज बिहीबार पनि राजधानीका केही क्षेत्रहरुमा ३ घण्टासम्म बिजुली नआउने सूचना प्रकाशित गरेको छ । 
 
प्राधिकरणले बुधबार साँझ एक सूचना प्रकाशित गर्दै प्राधिकरणले लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर, हरिसिद्धि फिडर र रेडियो नेपाल फिडरमा बिहीबार बिहान र दिउँसो ३ घण्टासम्म लोडसेडिङ्ग हुने सूचना प्रकाशन गरेको छ । प्राधिकरणका अनुसार बानेश्वर सव स्टेसनको लोड व्यवस्थापनका लागि विभिन्न फिडरहरुलाई सटडाउनमा राखी काम गर्नुपर्ने भएकोले बिजुली नआउने भएको हो । 
 
जसअनुसार चापागाउँ फिडरमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धि फिडरमा दिउँसो १२ बजेदेखि २ बजेसम्म र रेडियो नेपाल फिडरमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म लोडसेडिङ्ग हुनेछ । 
जनताको तीव्र आलोचना भईरहेको बेला प्राधिकरणले लोड व्यवस्थापन र अन्य केही प्राविधिक कारणले यस्तो भइरहेको जनाएको छ । प्राधिकरणले विगतमा पनि यस्तो हुने गरेको दाबी गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago