भर्खरै

क्यामरासँगै २६ वर्ष

  • प्रकाशित मिति : बिही, पौष १६, २०७७
  • - शिवा तामाङ
title
काठमाडौँ, १६ पुस । व्यावसायिक रूपमा क्यामरा चलाउने जमातबीच ‘किरण दाइ’को नामले परिचित क्यामरा बनाउने प्राविधिक किरण श्रेष्ठको घर पुग्दा क्यामराको सङ्ग्रहालयमा पुगेको भान हुन्छ । उमेरले छ दशक पार गरिसक्दा पनि उहाँलाई क्यामराको कामले भ्याइनभ्याइ छ । क्यामरा मर्मत गर्ने काममा ३० वर्षभन्दा बढी समयको निरन्तर मेहनतले उहाँलाई क्यामरामा देखिने समस्या समाधानका लागि पारङ्गत त बनाएको छ नै, काम गर्दागर्दै सङ्ग्रहालय नै बनाउन सकिने क्यामरासँग सम्बन्धित सबै सामग्रीको सङ्कलन पनि भएका छन् ।
बिग्रिएका रेडियो, इमरजेन्सी बत्तीलगायत विद्युतीय सामग्री बनाउने क्रममा संयोगले क्यामरा बनाउनतिर लाग्नुभएका श्रेष्ठले यही काममा सिङ्गै जीवन समर्पण गर्नुभएको छ । काठमाडौँ महानगरपालिका–२६, ठमेलमा रहेको आफ्नो घरको केही कोठालाई उहाँले व्यवसायका लागि छुट्याउनु भएको छ जहाँ क्यामराका पार्टपुर्जाले भित्ता लगायत सबै स्थान भरिभराउ छन् । उहाँले भ¥याङका भित्ता पनि क्यामरा राख्ने सोकेसले सजाउनुभएको छ ।
तीस वर्षअघि विद्युतीय सामग्रीको मर्मत गर्ने क्रममा टोलका दाइले बिग्रेको क्यामरा पनि बनाउन सक्छौ ? भनेर दिएको मौकामा त्यसको समस्या पहिल्याउने पहिलो प्रयास नै सफल भएपछि लगातार उहाँले क्यामरा बनाउने अवसर पाउनुभयो । करिब पाँच वर्षको अनुभव बटुलेपछि उहाँले क्यामरा मात्र बनाउन थाल्नुभएको हो । “२६ वर्ष कसरी बित्यो, पत्तै पाएन । बिग्रेको क्यामरा अगाडि परेपछि कति बेला त्यसको समस्या समाधान गरूँ भन्ने ध्याउन्नमै यत्तिका समय बितेछन्”, उहाँँले भन्नुभयो ।
पकेट क्यामराको जमानादेखि ‘मिररलेस’ क्यामरासम्म आउँदा पनि सबै खालका क्यामराको समस्या पत्ता लगाउने श्रेष्ठले भन्नुभयो, “आफ्नै कार्यकक्षमा बस्यो, क्यामरासँग खेल्यो, यही काममा रमाउँछु । ”
औपचारिक प्राविधिक शिक्षा हासिल गर्ने अवसर नपाउनुभएका श्रेष्ठले पुख्र्यौली व्यवसायभन्दा फरक बाटोमा आफ्नै इच्छाले यो काम थाल्नुभएको हो । “थालेको काममा भाग्यले साथ दियो भनौ, म यही काममा सफल भएँ”, उहाँले भन्नुभयो ।
 
उहाँको कार्यकक्षमा सङ्कलित क्यामराबारे जिज्ञासा राख्दा श्रेष्ठले भन्नुभयो, “कुनै क्यामरा बन्दै बन्दैनन्, यहीँ छोड्छन् । कुनै क्यामरा बने पनि लिन आउँदैनन् । कतिपय बजारमा कम पाइने र नौलो डिजाइनका क्यामरा किनेरै पनि सङ्कलन गरेको छुध्र” अस्ट्रेलियामा अध्ययनरत छोरालाई भेट्न जाँदा केही समय त्यहाँ घुम्ने मौका पाएको र त्यहाँ क्यामराको सङ्कलन हेर्ने अवसर पाएको उहाँले स्मरण गर्नुभयो । “त्यो देख्दा आफूले सङ्ग्रह गरेको क्यामरालाई पनि सङ्ग्रहालय बनाएरै राखौँ कि भन्ने सोच आएको थियो, जहाँ टिकट लिएर क्यामरा अवलोकन गर्न पाइयोस्”, उहाँले भन्नुभयो ।
किरण दाइको कार्यकक्षमा जिङ्क ब्लक सिस्टमपछि आएका रिल क्यामरा, पकेट क्यामरादेखि टीएसएलआर, डीएसएलआर, एसएलआर, एसएलटी मिररलेस, (निकोन, क्यानोन, सोनी) लगायतका सबै खालका १२ हजारभन्दा बढी क्यामराको सङ्कलन रहेको प्राविधिक सुगम पण्डितले बताउनुभयो । 
 
किरण दाइको क्यामरा बनाउने ठाउँसम्म पुग्न कुनै विज्ञापन बोर्ड छैन, न त सम्पर्क नम्बर नै छ । तर पनि देशभरबाट क्यामराको समस्या लिएर उहाँलाई भेट्न आउनेहरू देख्न पाइन्छ ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारले एनालगदेखि डिजिटलसम्मका सबै खाले क्यामरा बनाउन सिपालु प्राविधिक किरण श्रेष्ठ क्यामराको क्षेत्रमा चिरपरिचित नाम भएको चर्चा गर्दै यस क्षेत्रमा उहाँको योगदान धेरै रहेको बताउनुभयो ।
-गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago