भर्खरै

कुलमान भन्छन् – व्यवस्थापन चुस्त नभएर बत्ती जान थाल्यो

  • प्रकाशित मिति : बिही, पौष १६, २०७७
  • - Admin
title
काठमाडौं– पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा झ्याप्पझ्याप्प बत्ती जान थालेको छ । 
अधिकांशले ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले लिएपछि बत्ती जान थालेको टिप्पणी गर्न थालेका छन्। 
 
रायमाझी उनै व्यक्ति हुन्, जो विगतमा १८ घण्टासम्म लोडसेडिङ हुँदा ऊर्जामन्त्री थिए। त्यति बेला उनीमाथि लोडसेडिङ हटाउन नसकेको आरोप थियो । यस्तै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ अवकाश भएपछि बत्ती जाने क्रम बढेको कतिपयको बुझाइ छ । 
पूर्वकार्यकारी निर्देशक घिसिङ अहिले बत्ती जानुपर्ने कुनै कारण  नरहेको बताउँछन् । बत्ती गइरहनुमा चुस्त व्यवस्थापनको अभाव रहेको उनको भनाइ छ । उनका अनुसार काठमाडौं उपत्यकामा बिजुलीको माग गत वर्षभन्दा यस वर्ष ७० मेगावाट कम छ ।
घिसिङले भने, ‘माग कम भएपछि अरु समस्या नहुनुपर्ने हो। तैपनि  झ्याप्पझ्याप्प बत्ती जानुको कारण राम्ररी व्यवस्थापन गर्न नसक्नु हो ।’ उनले बत्ती गइरहनुमा अन्य कारण नै नरहेको बताए । 
 
बत्ती गइरहँदा उपभोक्ताले इन्भर्टर लगायतका वस्तुमा चार्ज स्टोर गर्न थाल्ने र त्यसले एक्कासि लोड बढाएर झन् समस्या निम्त्याउने उनको भनाइ छ । ‘यो सबै व्यवस्थापनमा भर पर्ने कुरा हुन्’, घिसिङ भन्छन् । 
प्राधिकरणका अधिकारी भने प्रसारण लाइनमा केही समस्या देखिएपछि मर्मतका क्रममा थोरै समय बत्ती जाने गरेको दाबी गर्छन् ।
 
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने, ‘पोल सार्दा, ट्रान्सफर्मर निर्माण गर्दा र बाटो विस्तार गर्दा बत्ती काटेर काम गर्नुपर्ने हुन्छ । त्यही कारण केही समय बत्ती जाने समस्यालाई लोडसेडिङका रुपमा बुझ्नु भएन ।’
प्रवक्ता तिम्सिना चिसो मौसम भएकाले साँझबिहान बढी खपत हुँदा भार बढेको दाबी गर्छन् । 
उनले हिटर लगायत अन्य वस्तुको प्रयोग बढेका कारण पिक आवरमा बिजुलीको माग १४ सयभन्दा बढी मेगावाटसम्म पुगेको बताए । 
उनले भने, ‘मागअनुसारको उत्पादन छ । मागअनुसारको उत्पादन नभएमा मात्रै लोडसेडिङ हुने हो। हामीले भारतबाट आयात गरेर समेत विद्युत् आपूर्ति गरिरहेका छौं। लोडसेडिङको सम्भावना छैन ।’
 नेपाल समय

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago