भर्खरै

रुपन्देही विद्युतीय व्यवसायी संघको साधारण सभा तथा पाँचौ अधिवेशन हुँदै

  • प्रकाशित मिति : Wed-01-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title
 
काठमाण्डौ, पुस । विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन हुने भएको छ । यहि पुस १९ गते शनिबार बुटवल स्थित दियालो फुडल्याण्डमा साधारण सभा तथा अधिवेशन हुने भएको हो । 
संघको नियमित २२ औँ बैठकबाट साधारण सभा तथा अधिवेशनको मिति तय भएको संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । साधारण सभामा निजी तथा सामुदायिक विद्यालयबाट एसईई दिएका उत्कृष्ट एक एक जना सदस्यका छोराछोरीलाई सम्मान गर्ने र संघमा सक्रिया भूमिका निर्वाह गर्दै समाजिक कार्यक्रममा सक्रिय रहदै आएका  एक जना  सदस्यलाई पनि  सममान गर्ने  उनले बताए । साधारण सभा कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिने पनि उनले बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख  वासुदेव घिमिरेको प्रमुख आथित्य रहने उनले जानकारी दिए । विद्युतीय व्यवसायीहरुको हकहित तथा अधिकारका लागि काम गर्दै संघले सामाजिक सेवामुलक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कार्यक्रममा तीन सय भन्दा बढी विद्युतीय व्यवसायीहरुको उपस्थिति रहने अपेक्षा गरीएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago