भर्खरै

विपन्न परिवारलाई सोलार वितरण

  • प्रकाशित मिति : Thu-02-Jan-2020
  • - Admin
title

संखुवासभा, पुस । संखुवासभाको मकालु गाउँपालिका का विपन्न तथा निम्न आर्थिक स्तर भएका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ । गाउँपालिकाले सेलसेले सामुदायिक वन उपभोक्ता समिति भित्रका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको हो । 
मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईले कोशी टप्पु टु कञ्चनजङ्घा संरक्षण  को आर्थिक सहयोगमा सोलार बत्ती वितरण गरिएको बताए । 
वातावरण संरक्षण गर्ने उद्देश्यले  निःशुल्क रुपमा सोलार बत्ती वितरण गरिएको उनले जानकारी दिए । 
कोशी टप्पु टु कञ्चनजङ्घा संरक्षणका प्रमुख राजीव गोयलका अनुसार वर्षाैँदेखि अँध्यारोमा रात बिताउँदै आएका पावाखोला र बिहीबारेका गरिब र विपन्न घरपरिवार छनोट गरी निःशुल्क सोलार बत्ती वितरण गरेके बताए । निःशुल्क रुपमा सोलार बत्ती पाएपछि स्थानिय खुसी भएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago