भर्खरै

तथ्य छोपेर भ्रम सिर्जना नगरौँ : मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Thu-02-Jan-2020
  • - रुपा तुलाधर
title

 
 
काठमाण्डौ, पुस । सञ्चार तथा  सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले  सूचना तथा सञ्चार प्रविधि विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्न खोजिएको बताउँदै तथ्य छोपेर भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । सिंहदरबार स्थित  सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 
 
उनले विधेयकमा ३६ वटा बुँदा संशोधन भएको हेर्न पत्रकार सम्मेलनमा  आग्रह गरेका छन् ।  नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरु प्रत्येकले दर्ता गर्नुपर्छ भन्ने तरिकाले हल्ला फैलाइएको बताउँदै  उनले बजारको हल्लाको पछाडि नलाग्न आग्रह गरे ।
यस्तै, विधेयकको धारा १५ को उपदफा २ मा कसैको बारेमा उजूरी पर्यो भने मात्रै सरकारले अनुसन्धान गर्ने उल्लेख भएको बताए । उनले कानून विपरीत भए कसैलाई पनि कारबाही हुने बताए ।
 
उनले समाजिक सञ्जालमा लेखे बापत १५ लाख रुपैयाँ र ५ वर्ष कैद सम्बन्धमा लेख्नु कुनै अपराध नभएको दाबी गरे । धारा ८८ मा उप धारा १ मा सार्वभौमसत्ताको विरुद्ध गएमा, सम्प्रदायिक खलल आदि गरेमा जरिवाना हुने उनले बताए । 

प्रतिक्रिया