भर्खरै

सडक र दूरसञ्चार पूर्वाधार निर्माणमा टेलिकम र सडक विभाग बीच सम्झौता

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title

 
काठमाण्डौ, पुस । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमका बीच समझदारी पत्र  मा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् । 
 
सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाईरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु¥याईरहेको अवस्थामा नेपाल टेलिकम र सडक विभाग बीच समन्वय र सहकार्य आवश्यक देखिएको हो ।  
 
नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी– नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ । 
 
समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ । यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ । सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन,योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने छ ।

प्रतिक्रिया