भर्खरै

हिमपातका कारण दुई आयोजनाको निर्माण कार्य ठप्प

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title

 
म्याग्दी, पुस ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको निलगिरि र निलगिरि क्यास्केड जलविद्युत आयोजनाको निर्माण  कार्य ठप्प भएको छ । ११० मेगावाट क्षमताको सो  आयोजना निर्माण स्थलमा हिउँ जमेपछि सुरुङ, बाँध र पहुचमार्गको निर्माण कार्य ठप्प भएको हो । 
निलगिरि हाइड्रोका प्रतिनिधि उपेन्द्र गौतमले बाक्लो हिउँ परेको र चिसो बढेका कारण आयोजनाको काम रोकिएको बताए ।  सिचोका कारण मजदुरहरुले काम गर्न नसक्दा सातवटा एक्साभेटर र सातवटा कम्प्रेसर मेसिन थन्किएको गौतमले बताए । उनका अनुसार आयोजना निर्माणमा डेढ सय मजदुर  कार्यरत छन् । कर्मचारी र मजदुरहरु रानीबास स्थित कार्यालयमा आएर बसेका छन् । बाध निर्माण स्थल छोटेपामा एक मिटर बाक्लो हिउ जमेको छ । हिउ नपग्लीए सम्म आयोजनाको काम सूचारु गर्न नसकिने गौतमको भनाई छ । 
 
निलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाटका निलगिरि र ७१ मेगावाट क्षमताको निलगिरि क्यास्केड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युतगृहदेखि छोटेपा भन्ने ठाउँमा बन्ने बाँधसम्म १३ किलोमिटर सडक र्पुयाएको छ । छोटेपा देखि निलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित निलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक विस्तार गरिरहेको छ । काम ठप्प हुँदा आयोजनालाई लाखौं नोक्सानीका साथै निर्माणको समय तालिका प्रभावित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago