भर्खरै

चितवनमा पाचौं संस्करणको क्यान इन्फोटेक हुँदै

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin

 
चितवन, पुस ।  कम्प्युटर एशोसिएसन महासंघ (क्यान) चितवन शाखाले पाँचौ संस्करणको  सूचना प्रविधि मेला आयोजना गर्ने भएको छ । माघ २४ देखि २८ सम्म नारायणगढको पुरानो सब्जीमण्डीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको हो ।
मेलामा कम्प्युटर हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्री), सटवेयर, सुरक्षासँग सम्बन्धित सामग्री, मोबाइल, स्मार्ट टिभी र उच्च शिक्षासम्बन्धी सेवा प्रदान गर्ने कलेज एवं परामर्शदाताका गरी ८१ वटा स्टल रहने छन् । 
 
मेलामा सूचना प्रविधिसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, ‘डिजिटल नेपाल’ प्रविधि प्रदर्शनी तथा प्रतियोगिता, आईटीसम्बन्धी जनचेतना बढाउन विभिन्न क्षेत्रका सूचना प्रविधिमा काम गर्ने व्यक्ति, संघ संस्थाका लागि साइबर सुरक्षा सम्बन्धी सेमिनार हुने क्यान चितवन शाखाले जनाएको छ । क्यान चितवन शाखा अध्यक्ष सन्तोषजनक भुषालले मेलामा जिल्लामा नै पहिलोपटक ह्याकाथुन आयोजना गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 20 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 20 hours ago