भर्खरै

विद्युत प्राधिकरण र उद्योगी बीच भएको विवाद समाधानका लागि समिति गठन

  • प्रकाशित मिति : Thu-09-Jan-2020
  • - Admin
title
 
काठमाण्डौ, पुस । नेपाल विद्युत प्राधिकरण र उद्योगी व्यवसायीहरु बीच हुँदै आएको विवाद समाधानका लागि समिति गठन गरीएको छ । ट्रङ्क लाइन  तथा डेडिकेटेट फिडबाट विद्युत आपूर्ति भइरहेकोमा विद्युत  उपभोगकर्ता उद्योगी व्यवसायी र विद्युत प्राधिकरण बीच देखिएको विवाद समाधानका लागि  समिति गठन भएको हो । 
 
ऊर्जा ,जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र अर्थ मन्त्री डा.युवराज  खतिवडाको आवश्यक समन्वयमा निर्णय भएको मितिले १५ दिनभित्र अध्ययन गरी सुझाव सहितको सिफारीस गर्न समिति गठन गरिएको हो । 
 
समितिमा ऊर्जा सचिव दिनेश कुमार थपलिया, उद्योग सचिव याम कुमारी खतिवडा, अर्थ सचिव डा. राजन खनाल, नेपाल विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जा सहसचिव  सहितको समिति गठन भएको  छ । समितिले आवश्यकता अनुसार उपसमिति  वा कार्यदल गठन गरी कार्य सम्पादन गर्न सक्ने छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago