बालाजु इन्जिनियरिङ्ग कलेजमा २ दिने जब फेयर सञ्चालन हुँदै
- प्रकाशित मिति : Fri-10-Jan-2020
- - विद्युत संसार सम्वाददाता

काठमाण्डौंं,पुस । बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी कलेजमा २ दिने जब फेयर सञ्चालन हुने भएको छ ।
इन्जिनियरिङ्ग कलेज कै आयोजनामा आगामी माघ १४ र १५ गते कार्यक्रम सञ्चालन हुने भएको हो ।
बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका जब फेयर प्रमुख शिवकार रञ्जितका अनुसार यस कार्यक्रममा २५ वटा स्वदेशी कम्पनीहरु सहभागी गराई प्राविधिक विषय पढ्ने क्षेत्र जस्तै अटोमोवाइल, मेकानिकल, सिभिल र इलेक्ट्रिकल विषय पढ्ने इच्छुकलाई काम दिने उद्धेश्यले कार्यक्रम सञ्चालन हुन लागेको बताए ।
उनले भने पहिलो पटक यो कार्यक्रम वि.स २०७२ सालमा भएको थियो त्यसपटक उल्लेख्य सहभागिता रहेको कारण यो दोस्रो पटक सञ्चालन हुन लागेको उनले विद्युत संसारसँगको कुराकानीमा बताए ।