भर्खरै

नवीकरणीय उर्जा संघको विश्व भेलामा पुगे मन्त्री पुन

  • प्रकाशित मिति : Sun-12-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title

पुस, यूएई । अन्तर्रा्ष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरेना) को १० औं वाषिर्क सम्मेलन संयुक्त अरब इमेरेट्सको अबुधावीमा शनिबार सुरु भएको छ ।
 
विश्वका १ सय १० भन्दा बढी मुलुकका उर्जामन्त्रीहरुको सहभागिता रहेको सम्मेलनमा नेपालबाट उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ नेतृत्वको पाँच सदस्यीय टोली सहभागी छ । यस्तै प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी पनि सहभागी छन् ।
 
सम्मेलनको उद्घाटन शत्रपछि आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपाल नवीकरणीय उर्जाको श्रोतमा धनी रहेको बताए ।
 
मन्त्री पुनले जलवायु परिवर्तनको असरका कारण जलविद्युत क्षेत्रमा नयाँ चुनौती खडा भएको चर्चा गर्दै दिर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराए ।
 
आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न सकिने सम्भवना रहेको उनले औंल्याए ।
 
हाल १३ सय २६ मेगावाट राष्ट्रिय ग्रिडमा रहेको र २५ सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु र ६ सय मेगावाट सौर्य ऊर्जा निर्माण क्रममा रहेको जानकारी दिए ।
 
यस्तै  १८ हजार मेगावाटभन्दा बढी अध्ययनका क्रममा रहेको उनको भनाइ थियो । ८८ प्रतिशत जनताको विद्युतमा पहुँच पुगेको छ र त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा (साना जलविद्युत आयोजना, सोलार) बाट भएको उल्लेख गरे ।
 
उनले नवीकरणीय उर्जाको क्षेत्रमा इरिनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी , शुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन इरिनालाई विशेष आग्रह गरे ।
 
सम्मेलन प्रभावकारी र नतिजा उन्मुख योजना बनाउन तथा बजेट तय गर्न प्रभाव सक्षम हुने विश्वास व्यक्तगर्दै मन्त्री पुनले सम्मेलन पूर्ण सफलताको कामना गरे ।
 
स्रोतः अन्लाईन खबर

प्रतिक्रिया