भर्खरै

बुढीगण्डकीको निर्माण कार्यलाई अझै ३४ वर्ष पछाडि धकेल्ने षडयन्त्र भईरहेको छ : सांसद अधिकारी

  • प्रकाशित मिति : Sun-12-Jan-2020
  • - विद्युत संसार सम्वाददाता
title
काठमाण्डौ , पुस । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी आयोजना निर्माणको कामलाई केही डलरवादीहरुले अझै ३४ वर्ष पछाडि धकेल्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
 
जनयुद्धमा राज्यपक्षबाट मारिएका भएका तत्कालिन गोरखाका प्रेम ढकाल (सन्तोष) को स्मृती दिवसको अवसरमा आज काठमाण्डौंमा आयोजित स्मृति सभामा बोल्दै सांसद अधिकारीले यस्तो बताएका हुन् ।
 
सरकारले बाँकी रहेको क्षेत्रको मुआब्जा निर्धारण गरेसंगै विभिन्न षडयन्त्र चिर्दै १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना बन्ने कुराको सुनिश्चित गरेको उनले बताए । ‘डिपिआर तयारदेखि मुआब्जा निधारर्णसम्म आइपुग्न ३४ वर्ष लागेको उल्लेख गदैै सांसद अधिकारीले भने, ‘अझै केहि डलरबादीहरु आयोजनालाई ३४ वर्ष पछाडि धकेल्न चाहन्छन्, त्यो हामी कसैलाई अब मान्य हँुदैन ’ उनले भने । 
 
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस आयोजनाको क्षमता घटाउने विषयमा पटक पटक विभिन्न किसिमका हल्लाहरु आईरहेपनि आयोजनाको क्षमता १२ सय मेगावाट नै हुने उनको भनाई छ ।  ‘बुढीगण्डकी आयोजना ९ सय, ८ सय, ६ सयको मेगावाटको बन्छ भनेर बजारमा हल्ला भईरहेका छन्, तर यो डलरबादी कम्पनीहरु चलखेल गर्ने रणनीति भएको जस्तो देखिन्छ तर त्यो कुनै हालतमा नहुने बताए ।’
 
सरकारले भर्खरै मात्र आयोजनाको डुवान क्षेत्रमा पर्ने बाँकी स्थानको मुआब्जा निर्धारण गर्दा जनताको आवश्यकता र न्यायपूर्ण नभएको उल्लेख गर्दै मुआब्जा निर्धारणलाई मिलाउँदै लैजानु पर्ने आवश्यकता रहेको उनको भनाई थियो । प्राविधिक कुरा मिलाउने र आयोजना निर्माण अघि बढाउने कामअब संगैसंगै अघि बढाउनु पर्ने भन्दै मुआब्जाको सन्र्दभमा भएका असमानता र विभेद लगायतका कमिकमजोरी सच्याउन राज्यलाई दबाव दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago