भर्खरै

दर्खे खोला आयोजनाको काम अझै सम्पन्न हुन सकेन

  • प्रकाशित मिति : Mon-13-Jan-2020
  • - Admin
title

 
 
मुगु, पुस ।  मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा निर्माणाधिन दर्खे खोला जलविद्युत आयोजना अझै निर्माण सम्पन हुन सकेको छैन । आयोजनाको ८० प्रतिशत काम पुरा भए पनि आयोजनाको बाँकि काम सम्पन्न हुन नसकेको हो । 
 
साविकको जिल्ला विकास समितिको कार्यालय अन्र्तगत रहेको उर्जा शाखाबाट दर्खे खोला जलविद्युत आयोजना निर्माण भएको हो । स्थानीयले बिजुली बल्नु अघि नै वाइरिङ गरेपनि विद्युत गृह सञ्चालनमा आउन सकेको छैन । 
 
आयोजना निमार्णका लागि उर्जा कार्यालयबाट ५८ लाख, साबिकको जिल्ला रुगा गाविसबाट १२ लाख, जिल्ला विकास समितिको कार्यालयबाट ५० लाख गरी १ करोड २० लाख रुपैयाँ विनियोजना भएको  थियो । विद्युत आयोजना सञ्चालनमा नआउँदा सरकारले उपलब्ध गराउने अनुदान समेत रोकिएको छ ।

प्रतिक्रिया