भर्खरै

गोरखाको धार्चे गाउँपालिकामा केन्द्रिय प्रशारण लाइन पुग्ने

  • प्रकाशित मिति : Wed-08-Jan-2020
  • - Admin
title

गोरखा, पुस । गोरखाको धार्चे गाउँपालिकाको सबै वडामा केन्द्रिय विद्युत प्रसारण लाइन पुग्ने भएको छ । केन्द्रिय प्रशारण लाइन चालु आर्थिक वर्ष भित्र सबै वडामा पुग्ने भएको हो ।
योजनाको  टेन्डर प्रक्रिया भइसकेको र सम्झौता काम बाँकि रहेको नेपाल विद्युत प्राधिकरण आरुघाट वितरण केन्द्रका प्रमुख निरज पौडेलले बताए । छिटै सम्झौता भएर काम अघि बढाउने उनले जानकारी दिए । 
गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट उत्तरी गोरखामा केन्द्रिय प्रसारण लाइन विस्तारका लागि ६ करोड विनियोजना गरेको र केन्द्रले ३ करोड ५० लाख रकम दिएको उनले बताए । हाल धार्चे गाउँपालिकाको माछाखोला सम्म लाइन तान्ने काम भइरहेको पौडेलले जानकारी दिए ।
 बैशाख सम्म माछोखोलासम्म केन्द्रिय प्रसारण लाइन पु¥याउने लक्ष्य राखेको र त्यस पश्चात माथिल्लो भेगमा विस्तार गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए । आरुघाट वितरण केन्द्रले धार्चे गाउँपालिकाको गुम्दा, लापु, उहिया,काशीगाउँ र केरौजामा सम्म केन्द्रिय विद्युत पु¥याउने बताइएको छ ।
दुई बर्ष भित्र चुमनुव्री गाउँपालिका सम्म केन्द्रिय विद्युत प्रसारण लाइन पु¥याउने लक्ष्य रहेको पौडेलले बताए । त्यस्तै बारपाक देखि लाप्राक सम्म केन्द्रिय प्रसारण लाइन जोड्न प्रक्रिया शुरु भइसकेको छ । उक्त काम नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले गर्नेछ । सर्भेको काम  भइरहेको  कार्यालय प्रमुख माधव न्यौपानेले बताए ।
 
उक्त कामका लागी एक करोड ९० लाख रकम विनियोजना भएको उनले  जानकारी दिए । उक्त कामको जिम्मा मनिला निर्माण सेवालाई दिएको र चालु आव भित्र सक्ने लक्ष्य लिएको उनले बताए । 
हाल धार्चे गाउँपालिका–७ लापुको लिदिङसम्म केन्द्रिय प्रसारण लाइन पुगिसकेको छ । त्यस्तै अजिरकोटको खरिवोट, हंसपुर, मुच्चोक, घ्याच्चोक र बारपाक सुलिकोटको बारपाक र सौरपानीमा पनि चालु आवमा केन्द्रिय लाइन पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 13 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago