भर्खरै

तनहुँ जिल्लालाई पूर्ण विद्युतीकरण गरिँदै

  • प्रकाशित मिति : Tue-14-Jan-2020
  • - Admin
title
तनहुँ, पुस । विद्युत प्राधिकरण कार्यालय तनहुँले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने भएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६÷७७ असार मसान्त भित्र तनहुँ जिल्लामा पूर्ण विद्युतीकरण गर्ने भएको हो ।
 
 सबै क्षेत्रमा विद्युत पुर्याउने लक्ष्यका साथ विद्युत लाइन छुट भएका स्थानमा आपूर्ति गर्नका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको प्र्राधिकरण कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले बताए । नगरपालिका र गाउँपालिका मा  रहेका काठको पोल हटाएर स्टिल पोल राख्ने र नाङ्गो तार हटाएर कालो तारको व्यवस्था गरिने, त्यस्तै पोल राखिँदै क्षमता वृद्धि गर्ने, नयाँ ट्रान्सफर थप गर्ने उनले बताए ।
 
जिल्लाको भानु नगरपालिका–६, ७, ८ र ९ का बासिन्दालाई सामुदायिक ग्रामीण विद्युतीकरण सेवा सिसाघाट र वडा नं १०, १२, १३ मा लमजुङ स्थित सूर्यपाल सामुदायिक विद्युत उपभोक्ता समितिले विद्युत वितरणको व्यवस्था गरेको छ भने बाँकी अन्य वडामा विद्युत प्राधिकरणले नै काम गर्दै आएको छ ।
दमौली बजार क्षेत्रमा सिटिफिडर कायम गर्न लागिएको उनले बताए  । दमौली हुँदै जिल्लाको केशवटार र रिसिङसम्म एउटै लाइन हुँदा  समय समयमा लाइन  जाने समस्या रहेकाले एक महिना भित्रमा पूर्णरूपमा लाइन जाने समस्या हट्ने इञ्जिनीयर चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago