मोरङ्ग इलेक्ट्रिक संघद्धारा आयोजित बनभोज कार्यक्रम सम्पन्न
- प्रकाशित मिति : Tue-14-Jan-2020
- - Admin

मोरङ्ग, पुस । विद्युतीय व्यवसायीहरुको हक, अधिकारका लागि काम गर्दै आएको मोरङ्ग इलेक्ट्रिक संघद्धारा आयोजित बनभोज कार्यक्रम सम्पन्न भएको छ । मोरङ्ग स्थित मंगलबारे सिमसार बेतौला सामुदायिक बनमा आयोजित बनभोज कार्यक्रम शनिबार समपन्न भएको हो ।
बनभोज कार्यक्रममा ४० जना भन्दा बढी विद्युतीय व्यवसायीहरु उपस्थिति रहेको संघका अध्यक्ष नविन अग्रवालले बताए । कार्यक्रममा विद्युतीय व्यवसायीहरुलाई संघको आवश्यकता र महत्वका बारेमा जानकारी दिदै व्यवसायीहरुलाई संघमा आवद्ध हुन आग्रह गरेको उनले बताए ।
संघले व्यवसायीक हितका लागि मात्र नभई सामाजिक सेवामूलक कार्यमा पनि सक्रिया भूमिका निर्वाह गर्दै आएको छ ।