भर्खरै

धौवादीको फलाम खानीबाट फलाम उत्खनन्को तयारी

  • प्रकाशित मिति : Wed-15-Jan-2020
  • - Admin
title
 
पुस,नवलपरासी । नवलपरासीमा भेटिएको फलाम खानिबाट फलाम उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खनन्को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताए ।
 
फलामको उत्खनन् र प्रशोधनका लागि कम्पनी खडा गरिएको उनले बताए । ‘गुणस्तर सम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ । डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ । अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन् र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटी पनि तयार भएको छ’, उनले भने ।
 
सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भएर काम सुरु भइसकेको छ । ४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायिक रुपमा थाहा हुने उहाँले बताउनुभयो । दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago