सरकारले व्यवसायीहरुलाई आतंकित बनाउने गरी कर निधार्रण ग¥यो

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - रुपेश अग्रवाल महासचिव,मोरङ्ग इलेक्ट्रिक संघ
title


मोरङ्ग जिल्लाको विराटनगरमा रहेर विद्युतीय व्यवसाय क्षेत्रमा संलग्न रही विद्युतीय व्यवसाय गर्दै आउनु भएका श्याम टे«ड एण्ड सप्लार्यसका सञ्चालक तथा मोरङ्ग इलेक्ट्रिक संघका महासचिव रुपेश अग्रवाल सँग विद्युतीय व्यवसाय क्षेत्रमा रहेका समस्या, व्यवसायीहरुको आवश्यकता, मोरङ्ग इलेक्ट्रिक संघले व्यावसायिक हितका लागि गर्दै आएका कार्य, महासंघले गरेका कार्य, नेपाल सरकारले विद्युतीय व्यवसायीहरुका लागि गरेको कार्य, भन्सारमा रहेका समस्यम लगायत विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
 
मोरङ्ग इलेक्ट्रिक संघका बारेमा बताइदिनुहोस् न ।

विद्युतीय व्यवसाय क्षेत्रमा काम गर्ने व्यवसायीहरुको हकहितका लागि २०६७ सालमा मोरङ्ग इलेक्ट्रिक संघको स्थापना भएको हो । मोरङ्ग  जिल्ला भित्र रहेका विद्युतीय व्यवसायीहरुको हक हित तथा अधिकारका  लागि मोरङ्ग इलेक्ट्रिक संघले कार्य गर्दै आएको छ । संघले व्यवसायीहरुको माग आवश्यकता लगायत सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । संघ मार्फत व्यवसायीहरुलाई व्यावसायिक प्रर्वद्धन तालिम, ट्याक्स भ्याट सम्बन्धि तालिम प्रदान गर्दै आएको छ । 
 
व्यावसायिक हितका लागि मोरङ्ग इलेक्ट्रिक संघले कस्ता कार्य गर्दै आएको छ ?

मोरङ्ग इलेक्ट्रिक संघ विद्युतीय व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएको संघ हो । विशेष गरी पूर्वि नेपालका विद्युतीय व्यवसायीहरुलाई यस संघले समेट्दै आएको छ । छरिएर रहेका विद्युतीय व्यवसायीहरुलाई एकिकृत गराउने कार्यमा संघ लागि पर्दै आएको छ । त्यस्तै गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि वितरणका लागि व्यवसायीहरुलाई संघले उत्प्रेरित गर्दै आएको छ । 
त्यस्तै कतिपय विद्युतीय व्यवसायीहरु अझै पनि संघमा आवद्ध हुन सकेका छैनन् ,संघमा आवद्ध नभएका व्यवसायीहरुलाई संघमा आवद्ध गराउने र विद्युतीय व्यवसायी क्षेत्रमा भएका समस्याहरुको समाधान गर्दै जाने हाम्रो योजना रहेको छ । 
 
यस संघमा आवद्ध हुनका लागि कस्ता प्रक्रिया पुरा गर्नुपर्दछ ?

यस संघमा आवद्ध हुनका लागि विद्युतीय सामग्रीको कारोवार गर्ने व्यवसायी जो  स्थानीय तह, वाणिज्य कार्यलय तथा आन्तरिक राजस्व कार्यलयमा दर्ता भएको हुनुपर्ने छ । संघमा आवद्ध हुनका लागि साधारण सदस्य तर्फ प्रवेश शुल्क वापत १५ सय रुपैयाँ, आजीवन सदस्य शुल्क ११ हजार रुपैयाँ र एशोसिएटेट सदस्य तर्फ शुल्क १५ हजार रुपैयाँ कायम रहेको छ । त्यस्तै साधारण सदस्य तर्फ नवीकरण १ हजार  र एसोसिएट सदस्य तर्फ ५ हजार रुपैया रहेको जानकारी गराउँदछु । 
 
संघमा हाल सम्म कति व्यावसायिक सदस्यहरु आवद्ध छन् ? यसका बारेमा बताईदिनु होस् न । 

व्यावसायिक दृष्टिकोणले  विराटनगर  क्षेत्र महत्वपूर्ण रहेको छ । हरेक क्षेत्रका व्यवसायीहरु यस ठाउँमा रहेका छन् । विद्युतीय व्यवसायीहरु पनि यस ठाउँमा प्रशस्त छन् । यद्यपि सबै विद्युतीय व्यवसायीहरु संघमा आवद्ध हुन सकेका छैनन् । हाल सम्म  संघमा  साधारण सदस्य, आजीवन सदस्य र एशोसिएटेट सदस्य गरी करिव ९० जनाको हाराहारीमा  विद्युतीय व्यवसायीहरु संघमा आवद्ध रहेका छन् । 
हाम्रो संघमा अन्नपूर्ण केवुल, महालक्ष्मी केवुल,प्राइम केबुल र एन.जी इलेक्ट्रो पावर एशोसिएट सदस्य रहेका छन् ।  मोरङ्ग जिल्लाका सबै व्यवसायीहरुलाई आवद्ध गराउने हाम्रो उद्धेश्य रहेको छ । व्यवसायीहरुलाई संघमा आवद्ध गराउनका लागि संघको महत्व बारे व्यवसायीहरुलाई जानकारी दिने र संघमा धेरै भन्दा धेरै व्यवसायीहरुलाई आवद्ध गराउने योजनामा छौ र तपाई मार्फत पनि सबै व्यवसायी साथीहरुलाई  संघमा आवद्ध हुनका लागि आवहन गर्दछु । 
 
व्यवसायीहरुलाई आतंकित बनाउने गरी कर निर्धारण गरिएको छ, यस विषयमा संघले कस्ता पहल गर्ने छन् ?

सरकारले कुनै पनि व्यवसाय गर्ने व्यवसायीहरुलाई आतंकित बनाउने गरी कर निर्धारण गरेको छ । यसले व्यवसाय प्रति नै वितृष्णा जगाउने काम गर्दछ । यसको अन्त्यका  लागि विराटनगर क्षेत्र भित्र नै रहेका विराट व्यापार संघ, मोरङ्ग व्यापार संघ र उद्योग संगठन मोरङ्गसँग सहकार्य गरी सरकारलाई दवाब सिर्जना गर्ने, ¥याली गर्ने, अन्र्तक्रिया गर्ने जस्ता कार्यहरु गर्दै आएका छौ । करको दायरा बढाउँदैमा व्यवपार बढ्ने होइन । करको मात्रा घटाउने हो भने व्यापार व्यवसाय बढ्ने देखिन्छ । त्यस्तै उपभोक्ताले पनि गुणस्तरीय सामग्री प्राप्त गर्ने छन् । 
 
संघलाई अघि बढाउन कस्ता योजनाहरु ल्याउनु भएको छ ?

विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको यस संघले व्यावसायिक क्षेत्रमा भएका समस्या, व्यवसायीहरुको आवश्यकता, व्यवसायीहरुको हकहितका लागि काम गर्दै अघि बढिरहेको छ । व्यवसायी क्षेत्रमा जतिपनि समस्याहरु रहेका छन् तिनको समाधान गर्दै संघलाई अघि बढाउनु नै हाम्रो प्रमुख उद्धेश्य हो । हामीले व्यावसायिक हितका लागि तथा संघलाई अघि बढाउनका लागि वार्षिक कार्ययोजना  नै बनाई  अगाडि  बढ्दै आएका छौ । त्यस्तै समय सापेक्षको आवश्यकता अनुसार व्यवसायीहरुको समस्या समाधान गर्दै जाने हाम्रो लक्ष्य रहेको छ । 
 
व्यवसायी, व्यवसायीहरुका बीच नै अस्वस्थ प्रतिस्पर्धा रहेको छ भन्ने सुनिन्छ, यसको समाधानका लागि संघले कस्ता कार्य गर्दै आएको छ ?

 एकै प्रकारका व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको भन्ने सुनिदै आएको भए पनि विराटनगर क्षेत्रमा त्यस्तो रहेको छैन । व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा छैन । यद्यपि विद्युतीय सामग्रीहरु किराना पसल, गिफ्ट हाउस पसल, हार्डवयर पसल तथा मोवाइल पसलबाट पनि बिक्रि हुने हुँदा,  विद्युतीय व्यवसायीहरु भने समस्यामा पर्ने गरेका छन् । यस्ता समस्या समाधानका लागि हामीले संघ मार्फत  नेपाल विद्युतीय व्यावसायि महासंघलाई  पहलका  लागि आग्रह गर्दै आएका छौ । जुन क्षेत्रका लागि व्यवसायी कारोबारको किसिममा  दर्ता भएको हो सोही अनुसार व्यवसायीहरुले व्यवसाय गर्नु पर्ने हो, यसो भएमा यस क्षेत्रका व्यापारीहरुलाई सो को मार पर्ने थिएन ।
 
विराटनगर भारतसँग सीमाना जोडिएको छ, यसका कारण व्यावसायिक क्षेत्रमा कस्ता समस्या हुने गरेको छ ?

सीमा क्षेत्रका बजारहरुमा भारतीय उत्पादनका सामानहरु साथै तेस्रो मुलुकबाट आयातित सामानहरु यस बजार भन्दा सस्तो पर्ने भएको हुँदा उपभोक्ताहरुले गुणस्तरलाई प्राथमिकतामा नराखि मूल्य लाई नै प्रमुख आधार मानेर खरिद गर्ने गर्छन् ।  ती सामानहरु कुनै पनि राजस्व शुल्क नतिरी सोझै ल्याउने भएको हुँदा सीमाका बजारहरु गुल्जार हुँदै गएका छन् । त्यस्तै ब्राण्डेड सामग्रीहरु हिजोआज अनलाईन बुकिङ्ग गरी सो सामान अनलाइन कम्पनीहरुले सोझै सीमाना बजारमा डेलिभरी गरिदिने र सो सामान यहाँका उपभोक्ताहरुले कुनै पनि राजस्व तथा शुल्क नै नबुझाई ल्याउन सक्ने भएको हुँदा यसले बजारमा ठूलो असर परेको छ ।  
 
मोरङ्गमा रहेका विद्युतीय व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि वितरण गर्दछन् भन्ने मूख्य आधारहरु केके रहेका छन् ?

नेपालमा विभिन्न देशबाट विद्युतीय सामग्री आयात हुन्छ । विद्युतीय सामग्री आयातका क्रममा व्यवसायीहरुले गुणस्तरीय विद्युतीय सामग्री आयात र न्यून गुणस्तरयुक्त सामग्री आयात गरे पनि भन्सार मूल्याङ्गकन  एउटै भएको हुँदा व्यवसायीहरु अहिले गुणस्तरयुक्त विद्युतीय सामग्री नै आयात गरी बिक्रि वितरण गरिरहेका छन् । त्यस्तै अहिले प्रविधिको विकासले उपभोक्ताहरु पनि कुन सामान गुणस्तरयुक्त छ या छैन स्वयमले नै निर्धारण गरी खरिद गर्ने गरेका छन् ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघले जिल्ला संघहरुका लागि कस्ता कार्य गर्दै आएको छ ? यसको बारे बताईदिनुहोस् न । 

नेपाल विद्युतीय व्यवसायी महासंघ विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । महासंघले देशभर रहेका विद्युतीय व्यवसायीहरु संघहरुलाई एकिकृत  गर्ने कार्य गर्दै आएको छ । व्यावसायिक हितका लागि महासंघ र जिल्ला संघ बीच सहकार्य हुँदै आएको छ ।  व्यवसायीहरुलाई व्यवसाय प्रर्वद्धन सम्बन्धि तालिम, ट्याक्स, भ्याट सम्बन्धि तालिम आवश्यक परेको समयमा महासंघले जिल्ला संघ सँग सहकार्य गरी व्यवसायीहरुलाई तालिम प्रदान गर्दै आएको छ । जिल्ला संघको आवश्यकता, माग लगायत विषयलाई सम्बोधन गर्दै महासंघले सम्बन्धित निकायलाई घचघच्याउँदै आएको भए पनि दुरीका हिसावले विराटनगर टाढा भएको हुँदा महासंघका कतिपय जानकारीहरु हाम्रो जिल्ला संघमा आइपुग्न समय लाग्ने गरेको छ । यसको समाधानका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।  
 
सरकारले व्यवसायीहरुका लागि कस्ता कार्य गर्नु पर्दछ ? यसका बारेमा बताइदिनुहोस् न । 

देशको आर्थिक विकासको प्रमुख मेरुदण्ड भनेको नै उद्योग, व्यापार, व्यवसाय हो । उद्योग, व्यापार, व्यवसायी सरलिकरण गरी झन्झट मुक्त बनाउनु पर्दछ । साथै सरकारले व्यवसाय गर्न चाहने हरेक व्यक्तिलाई प्रोत्साहन गर्नु पर्दछ । 
। व्यवसायीहरुलाई प्रोत्साहन गरी व्यापार व्यवसाय प्रर्वद्धन गर्ने हो भने देशको आर्थिक विकासमा पनि सहयोग पुग्दछ । सरकारले व्यवसायीहरुलाई करको दाहेरा बढाएर मात्र व्यवसाय प्रर्वद्धन हुन्न  भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । त्यसैले सरकार तथा सम्बन्धित निकायले व्यवसायीहरुलाई समय सापेक्ष अनुसार व्यावसायिक प्रर्वनका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु ल्याउनु पर्दछ ।
 
विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध हुनु पर्दछ ? 

विद्युतीय व्यवसायी र इलेक्ट्रिसियन बीच पारस्पारिक सम्बन्ध रहेको छ । बजारमा आएका नयाँ गुणस्तरयुक्त विद्युतीय सामग्रीका बारेमा उपभोक्ता सम्म जानकारी दिने काम इलेक्ट्रिसियनहरुले गर्ने गर्दछन् । नेपालमा रहेका सबै इलेक्ट्रिसियनहरु दक्ष तथा तालिम प्राप्त छैनन् । त्यस्ता इलेक्ट्रिसियनहरुलाई भने  सम्बन्धित निकायले तालिमको व्यवस्था गर्नु पर्दछ । त्यस्तै इलेक्ट्रिससियनहरुलाई प्रमाणपत्रको व्यवस्था गर्नु पर्दछ । घर निर्माण गर्दा घरको नक्शा मात्र नभई इलेक्ट्रिक नक्शा पनि पास गर्ने प्रावधान हुनु पर्दछ । 
 
अन्त्यमा के भन्न चहनुहुन्छ ?

सरकारले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु ल्याउनु आवश्यक छ । व्यावसायको स्तर बढेको खण्डमा नै देशको आर्थिक वृद्धि हुने हो । मूल्यलाई मात्र नहेरी सामग्रीको गुणस्तरलाई पनि प्राथमिकतामा राखि सामान खरिद गरिदिनु हुन सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गर्दछ ।

प्रतिक्रिया