भर्खरै

हिटर प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title

 
अहिलेको यो युग प्रविधिको युग हो । प्रविधिमा धेरै किसिमका नयाँपनाहरु दिन प्रतिदिन थपिदैं गईरहेको छ । त्यसैले नयाँ टेक्नोलोजीहरुको प्रयोग भएका सामानहरुको प्रयोग गर्दा निकै जानकार र सुरक्षित तरिकाबाट प्रयोग गर्न आवश्यक छ । त्यसैले यो जाडो सिजनमा हामी न्यानोका लागि हिटरको प्रयोग घर तथा  अफिसमा प्रयोग गर्ने गर्दछौं । यसको प्रयोग गर्दा सावधानी नअपनाएमा ठूला–ठूला दुर्घटनाहरु हुने गरिरहेको छ । 
 
हालसालै मात्र दामनको एक रिसोर्टमा नाइट स्टेका लागि बसेका ८ जना भारतीय पर्यटक मंगलबार बिहान मृत अवस्थामा भेटियो । बेहोस भएका ८ जनाकै मृत्यु भइसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताएका छन् ।
उनीहरुको कसरी यो घटना भयो त ? भन्ने विषयमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले हिटरको कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । 
त्यसो त हिटर बाल्ने क्रममा असावधानी अपनाउँदा दुर्घटना भएको यो नै पहिलो घटना नभई यस्ता धेरै घटना सार्वजनिक भएका छन् ।
जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ । चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति र्पुयाइरहेको हुन्छ । त्यसैले, तपाईँ हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आनो परिवारको सुरक्षालाई सुनिश्चित गर्नु आवश्यक छ ।
 
हिटरले निम्त्याउँछ यस्ता समस्याहरु

१. बन्द कोठामा हिटर अन गरेर कहिल्यै पनि निस्कनुहुँदैन । किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
 २. हिटर जलाएर पनि कहिल्यै सुत्नुहुँदैन किनकी यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।
३. मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।
४. हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, 
दाउरा लगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।
 
५. हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान र्पुयाउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।
६.  समय–समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

प्रतिक्रिया