भर्खरै

बागमती प्रदेशमा विद्युतीय बस सञ्चालनको योजना

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title
 
काठमाण्डौ, माघ । स्थानीय तथा प्रदेश सरकारको समन्वयमा बागमती प्रदेशभर विद्युतीय बस सञ्चालनमा ल्याउने  भएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बागमती प्रदेशभर नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार सहमति भए सँगै यो योजना अगाडि बढ्ने भएको हो ।
 
बागमती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तह बीच भएको छ ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत भएका हुन् ।
बागमती प्रदेश सरकारले  प्रदेशको विकासका लागि आनै निर्माण कम्पनी स्थापना गर्न लागेको  मुख्यमन्त्री पौडेलले जानकारी दिए । प्रदेशको भौतिक निर्माणलाई तीव्रता प्रदान गर्न तथा कम समय र लगानीमा गुणस्तरीय विकास गर्न प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार निर्माण कम्पनी’ स्थापना गर्न लागेका बताए । ललितपुर महानगरपालिका प्रमुख महर्जनले दिगो विकास लक्ष्य, २०३० अनुसार विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन बागमती सरकारको तर्फबाट एउटा कम्पनीको व्यवस्थापन गर्ने र त्यो कम्पनीमा मुख्यत्ः प्रदेशका सबै महानगरपालिका र नगरपालिका समावेश भएर लगानी गर्ने निर्णय भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago