भर्खरै

खाँदबारी नगरपालिकाका यशोधा पेट्रोल पम्पका सञ्चालक कटुवाल पक्राउ

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title

 
संखुवासभा,माघ । संखुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशोधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाल पक्राउ परेका छन् । सञ्चालक कटुवाललाई तोकिएको भन्दा बढी मूल्य लिएको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी लिएर उपभोक्तासँग ठगी गरेको भन्दै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । प्रमुख अधिकारीका अनुसार उपभोक्तासँग नेपाल आयल निगमले समायोजन गराएको मूल्यभन्दा डिजेल र पेट्रोलमा तोकेको मूल्यभन्दा २५ पैसा बढी असुलेपछि जिल्ला प्रशासन कार्यालयले कालोबजारी मुद्दा लगाइएको बताए । 
 
 कटुवालले गएको पुस १७ गते डिलर्स एसोसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप लगाएको छ । कटुवालले वास्तविक मूल्यभन्दा बढी मूल्यमा इन्धन बिक्री गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए । 
 
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गएको पुस १७ मा जारी भएको मूल्यअनुसार पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ ६५ पैसा र डिजेलको मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकिएको छ । तर कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएका थिए । कटुवाललाई तीन वर्षअघि पनि पेट्रोलियम पदार्थमा बढी मूल्य लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो । संखुवासभामा रहेका अन्य पेट्रोल पम्पले भने तोकिएको मूल्य अनुसार नै बिक्रि गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago