भर्खरै

खाँदबारी नगरपालिकाका यशोधा पेट्रोल पम्पका सञ्चालक कटुवाल पक्राउ

  • प्रकाशित मिति : Wed-22-Jan-2020
  • - Admin
title
 
संखुवासभा,माघ । संखुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशोधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाल पक्राउ परेका छन् । सञ्चालक कटुवाललाई तोकिएको भन्दा बढी मूल्य लिएको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी लिएर उपभोक्तासँग ठगी गरेको भन्दै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । प्रमुख अधिकारीका अनुसार उपभोक्तासँग नेपाल आयल निगमले समायोजन गराएको मूल्यभन्दा डिजेल र पेट्रोलमा तोकेको मूल्यभन्दा २५ पैसा बढी असुलेपछि जिल्ला प्रशासन कार्यालयले कालोबजारी मुद्दा लगाइएको बताए । 
 
 कटुवालले गएको पुस १७ गते डिलर्स एसोसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप लगाएको छ । कटुवालले वास्तविक मूल्यभन्दा बढी मूल्यमा इन्धन बिक्री गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए । 
 
पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गएको पुस १७ मा जारी भएको मूल्यअनुसार पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ ६५ पैसा र डिजेलको मूल्य १ सय ३ रुपैयाँ ६५ पैसा तोकिएको छ । तर कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएका थिए । कटुवाललाई तीन वर्षअघि पनि पेट्रोलियम पदार्थमा बढी मूल्य लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो । संखुवासभामा रहेका अन्य पेट्रोल पम्पले भने तोकिएको मूल्य अनुसार नै बिक्रि गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago