भर्खरै

पोखरा इलेक्ट्रिक एशोसिएसनको साधारण सभा तथा बनभोज हुँदै

  • प्रकाशित मिति : Thu-23-Jan-2020
  • - Admin
title

 
पोखरा, माघ । पोखरा इलेक्ट्रिक एशोसिएसनको २० औँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम हुने भएको छ । साधारण सभा तथा बनभोज कार्यक्रम यहि माघ १८ गते पोखरा स्थित दोबिल्लामा हुने भएको हो । 
 
पोखरा भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको एशोसिएसनमा हाल सम्म १ सय ४५ जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायका विषयमा एशोसिएसनले काम गर्दै आएको छ । एशोसिएसनले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिया भूमिका निर्वाह गर्दै आएको छ । 
 
एशोसिएसनको साधारण सभा कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालको प्रमुख आथित्य रहने एशोसिएसनका अध्यक्ष राजु भण्डारीले जाकारी दिए । त्यस्तै विशेष अथितिहरुमा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अधयक्ष सन्जिव बहादुर कोइराला र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी रहने उनले बताए । 

प्रतिक्रिया