भर्खरै

३ सय वटा विद्युतीय बस खरिद गर्न साझा यातायातलाई दिएको रकम फिर्ता

  • प्रकाशित मिति : Thu-23-Jan-2020
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौ,माघ  । सरकारले साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । 
 
माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझा यातायातले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा भन्दै साझालाई दिइएको ३ अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको हो ।  
 
आज बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले साझा यातायातलाई सो रकम उपलब्ध गराइएको समयदेखिको हालसम्म उक्त रकमको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । 
 
२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरवापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो ।  
साझा यातायातले सो काम गर्न नसकेपछि विद्युतीय बस खरिदको जिम्मा सरकारले अहिले भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको मन्त्री बाँस्कोटाले बताए ।
 
मन्त्री बाँस्कोटाले भने–‘२०७५ पुस ९ गते वातावरणमैत्री विद्युतीय बस प्राविधिक विवरण लागत अनुमान सहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ । त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय गरिएको छ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago