भर्खरै

३ सय वटा विद्युतीय बस खरिद गर्न साझा यातायातलाई दिएको रकम फिर्ता

  • प्रकाशित मिति : Thu-23-Jan-2020
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौ,माघ  । सरकारले साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । 
 
माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझा यातायातले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा भन्दै साझालाई दिइएको ३ अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको हो ।  
 
आज बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले साझा यातायातलाई सो रकम उपलब्ध गराइएको समयदेखिको हालसम्म उक्त रकमको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । 
 
२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरवापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो ।  
साझा यातायातले सो काम गर्न नसकेपछि विद्युतीय बस खरिदको जिम्मा सरकारले अहिले भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको मन्त्री बाँस्कोटाले बताए ।
 
मन्त्री बाँस्कोटाले भने–‘२०७५ पुस ९ गते वातावरणमैत्री विद्युतीय बस प्राविधिक विवरण लागत अनुमान सहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ । त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय गरिएको छ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago