भर्खरै

माघ १४ र १५ मा प्राविधिक रोजगार मेला हुँदै

  • प्रकाशित मिति : Sun-26-Jan-2020
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, माघ । यहि माघ १४ र १५ गते काठमाण्डौ स्थित बालाजुमा प्राविधिक रोजगार मेला हुने भएको छ । बालाजु स्कुल इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजले प्राविधिक रोजगार  मेलाको आयोजना गरेको हो । 
 
कलेजले प्राविधिक एस एल सी र डिप्लोमा ईन्जिनियरीङ्गका प्रशिक्षार्थीहरुलाई लक्षित गरी  रोजगार मेलाको आयोजना गरेको जब प्लेस्मेन्ट एण्ड काउनसेलिङ्ग युनिटका टिम लिडर शिव कारञ्जितले  आज भएको पत्रकार सम्मेलनमा बताए । प्राविधिक जनशक्ति र उद्योगीहरु रोजगारदाता माझ एक आपसमा चिना परीचय गराउने, आफुले जानेको सीपको सदुपयोग गर्न उद्योगहरुमा अवसर सिर्जना गर्र्ने मेलाको मुख्य  उद्धेश्य रहेको उनले बताए  । रोजगार मेला बाट उद्योगी व्यवसायीहरुले एकै छातामुनी बाट आफुलाई आवश्यकता अनुसार मध्यम स्तरको प्राविधिक जनशक्ति रोजेर कार्यमा लगाउने अवसर पाउने पनि उनले बताए । रोजगारदाताहरुले यसै बर्ष पास गरेका विगतका कार्यनुभव भएका साथै विभिन्न क्षेत्रमा कार्य गरीरहेका प्रशिक्षार्थिहरुलाई छनोट गर्ने मौका मेलाबाट पाउने छन् । यस क्षेत्रमा प्राविधिक एस एल सी र डिप्लोमा सिभिल, मेकानिकल, अटोमोवाइल, इलेक्ट्रिकल र स्यानिटरी विषयका विद्यार्थीहरुले भाग लिनेछन् । 
 
कार्यक्रममा शिक्षालय प्रमुख बैकुण्ठ श्रेष्ठले २०१८ सालमा स्थापना भएको यस कलेजले दक्ष र कुशल प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको बताए । राष्ट्रिय र अन्र्तराष्ट्रिय श्रम बजारका लागि कुशल र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कलेजको प्रमुख उद्धेश्य रहेको उनले बताए । कलेजले स्थापना देखि हाल सम्म ४ हजार ४ सय भन्दा बढी प्राविधिकहरु उत्पादन गरेको  र छोटो अबधिको तालिम मार्फत १२ हजार भन्दा बढी प्राविधिक उत्पादन गरेको उनले बताए । मेकानिकल, इलेक्ट्रिक, सिभिल, अटोमोवाइल, स्यनिटरी र अप्थाल्मिक विषयामा कलेजले अध्ययन गराउदै आएको श्रेष्ठले बताए । कलेजबाट सुधारीएको चुलो, सोलार कुकर, ह्विल चियर उत्पादन तथा मर्मत गर्दै आएको पनि उनले जानकारी दिए । 
 
मेलाको प्रायोजन सेसि (CECI)  क्यानडा, इन्स्यनेर ( ENSSURE), NVQS SDC  ले गरेको उनले बताए । त्यस्तै एनएमवि बैंक, सिद्धार्थ बैंक र माछापुच्छ« बैंकले सहयोग गरेको श्रेष्ठले जानकारी दिए । मेलामा नेपाटप,सिप्रदि, अशोक ली लैड, पञ्चकन्या, युनाइटेड वायर उद्योगहरुको सहभागिता रहने छ । मेलामा एक हजार भन्दा बढी पमध्यम स्तरका प्राविधिकरुको सहभागिता रहने अपेक्षा गरीएको उनले बताए । कलेजले वि.स २०७३ मा पनि रोजगार मेलाको आयोजना गरेको थियो । हाल दोस्रो पटक कलेजले  रोजगार मेला आयोजना गरेको हो । 

प्रतिक्रिया