भर्खरै

विद्युत महशुल दर परिवर्तन गर्दै प्राधिकरण

  • प्रकाशित मिति : Tue-28-Jan-2020
  • - Admin
title
काठमाण्डौ, माघ ।  नेपाल विद्युत प्राधिकरणले घरायसी उपभोक्ताका लागि विद्युत महशुल दर परिवर्तन गर्ने निर्णय गरेको छ । विद्युत प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले महशुल दर परिवर्तन गर्ने निर्णय गरेको हो । 
 
घरायसी उपभोक्ताले जति बढी विद्युत उपभोग गर्यो, उति कम महशुल लाग्ने गरी दर निर्धारण गर्न लागेको प्राधिकरण जनाएको छ । प्राधिकरणले निर्धाण गरेको दरलाई विद्युत नियमन आयोगबाट स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउने भएको हो ।
प्राधिकरणको हालको विद्युत महसुल दर अनुसार घरायसी उपभोक्ताले जति बढी विद्युत महसुल उपभोग गर्यो, उति महँगो दर लागू हुँदै जाने व्यवस्था छ । यो व्यवस्था परिवर्तन गरेपछि घरायसी उपभोक्ताले बढी विद्युत खपत गर्ने प्राधिकरणको विश्वास छ । बढी विद्युत खपत गर्ने ग्राहकलाई सस्तोमा विद्युत उपभोग गर्न दिँदा खाना पकाउने ग्यास विस्थापन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । 
 
आगामी वर्षदेखि वर्षायाममा खपतभन्दा बढी विद्युत् उत्पादन हुने अनुमानसहित प्राधिकरणले विद्युत खपत बढाउने उपायको खोजी गरिरहेको छ । 
प्राधिकरणले घरायसी उपभोक्ताका लागि ० देखि १०, ११ देखि २०, २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि १ सय ५० र १ सय ५० देखि २ सय र २ सयदेखि ४ सय युनिटसम्म विद्युत खपत गर्नेलाई वर्गीकरण गरी नयाँ शुल्क निर्धारणको सिफारिस गरेको हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago