भर्खरै

के तपाई नया“ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ छ भने सरकारले दिन्छ १० लाख रुपैयाँ अनुदान

  • प्रकाशित मिति : Wed-29-Jan-2020
  • - Admin
title
 
काठमाडौं ,माघ । के तपाईं नयाँ प्रविधिको विकास गर्ने सोचमा हुनुहुन्छ ? यस्तो सोचमा हुनुहुन्छ तर तपाईंलाई भोलिका दिनमा पैसाको अभाव हुन्छ जस्तो लागेको छ भने चिन्ता नगर्नुहोस् । तपाईंको नयाँ सोचलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
 
 सम्मृद्ध नेपालका लागि नयाँ सोच र प्रविधिको विकास आवश्यक रहेको निष्कर्ष निकाल्दै सरकारले यस्तो सोच भएका व्यक्तिहरुलाई आर्थिक सहायता गर्ने भएको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गत शुक्रबार एक सूचना प्रकाशित गर्दै नाष्टले नयाँ सोचसहितको प्रविधि र विद्यमान प्रविधिलाई सुधार गर्नेलाई १० लाख रुपैयाँसम्म अनुदान दिने घोषणा गरेको हो ।
 
ईच्छुकले नास्टमा ३५ दिनभित्र प्रस्तावसहितको आवेदन दिनुपर्ने जनाएको छ । यसका लागि आवेदन दिन आवेदनको नमूना नास्टको वेबसाइटमा उपलब्ध गरिएको छ । नयाँ सोच प्रस्ताव आम नेपालीको समस्या समाधान गर्ने किसिमको हुनुपर्ने र अनुदान प्राप्त गरिसकेपछि चालूआर्थिक वर्षभित्रै काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।
 
आवेदकले कृषि प्रविधि तथा यान्त्रिकरण, खाद्य प्रविधि, सूचना प्रविधि, ऊर्जा तथा यातायात प्रविधि, शहरी विकास प्रविधि, उदियमान प्रविधि, प्राकृतिक स्रोत साधनको उपयोग सम्बन्धि प्रविधि, वातावरण एवम् जलवायु परिवर्तनको क्षेत्रमा विद्यमान समस्याको समाधान गर्ने किसिमको प्रस्ताव गर्नुपर्ने नास्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago