भर्खरै

अब पत्रकारिता गर्न लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान

  • प्रकाशित मिति : Wed-29-Jan-2020
  • - Admin
title
 
काठमाण्डौ ,माघ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको हो । 
समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरूको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर अब नयाँ आउन चाहनेका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमतिसहित पारित गरिएको बताए । ‘सबै पत्रकार र संस्थाको अभिलेखीकरण काउन्सिलमा पनि हुनुपर्ने र अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन । 
 
सभापति गुरुङले दण्ड जरिवानाको व्यवस्था अदालतबाट गराउने तर काउन्सिलले आचारसंहिता उल्लंघन गर्नेलाई प्रकृति हेरेर सचेत गराउनेदेखि लिएर निलम्बन गर्ने वा प्रमाणपत्र खारेजिका लागि सम्बन्धित निकायले सिफारिस गर्न सक्ने व्यवस्था पनि गरिएको बताए । त्यसैगरी काउन्सिलको अध्यक्षमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति मात्रै हुन पाउने व्यवस्था गरिएको छ । ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्ति वा १५ वर्ष अनुभवसहित विशेष योगदान पु¥याएको व्यक्ति काउन्सिलको अध्यक्ष हुने व्यवस्था गरिएको छ’, उनले भने । यस्तै सदस्यका लागि १० वर्षको अनुभव र कम्तिमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति हुनुपर्ने प्रावधान राखिएको छ । समितिमा प्रादेशिक प्रतिनिधित्व, विधागत प्रतिनिधित्व पनि सुनिश्चित गर्ने सहमति भएको सभापति गुरुङले बताए । समितिमा सम्बन्धित क्षेत्रका प्राध्यापक वा सहप्राध्यापकलाई समेट्ने सहमति पनि जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago