भर्खरै

विद्युतीय बस किन्न टेन्डर खोल्दै यातायात मन्त्रालय

  • प्रकाशित मिति : Fri-31-Jan-2020
  • - Admin
title

 
काठमाण्डौ, माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । बस किन्नलाई सरकारले उक्त मन्त्रालयलाई जिम्मेवारी दिए पछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । 
 मन्त्रालयले  ३०० ओटा विद्युतीय बसको टेन्डर खोल्ने गरी काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको बताए ।
माघ दोस्रो साताको मन्त्रिपरिषद निर्णय मार्पmत बस किन्ने जिम्मेवारी मन्त्रालयलाई दिएको थियो । यसअघि साझा यातायातलाई ती बस किन्न पैसासमेत उपलब्ध गराइसकेको सरकारले ब्याजसहित उक्त पैसा साझाबाट फिर्ता लिएको हो । असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णय मार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू. ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो ।
साझाले टेन्डर मार्फत १र२ महीनामै ठूलो संख्यामा बस किन्न असम्भव भएको बताउँदै आफ्ना तर्पmबाट ढिलासुस्ती नभएको जानकारी दिए । 
 
‘टेन्डर डकुमेन्ट, कम्पनीको स्पेशिफिकेशन आदि बनाउने काम भइरहेको छ, केही सातामै टेन्डर निस्किने मन्त्री नेमवाङ्गले जानकारी दिए ।  
 
स्वदेशी र विदेशी दुवै कम्पनी सहभागी हुन पाउने गरी टेन्डर खोल्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि, मन्त्री भने यो विषय छलफलकै क्रममा रहेको र टेन्डर डकुमेन्टको काम सकिएपछि मात्रै के हुन्छ भन्न सकिने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago