भर्खरै

बाजुराको सदरमुकाममा शुक्रबारदेखि ‘फोरजी’ सेवा तर गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने बाध्यता

  • प्रकाशित मिति : Sun-02-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title

बाजुरा,माघ । बाजुराको सदरमुकाम मार्तडीमा  शुक्रबारदेखि ‘फोरजी’ सेवा सञ्चालन भएको छ । तर सोही जिल्लाका ग्रामीण बस्तीमा भने फोन गर्न रुख  नै चढ्नुपर्ने बाध्यता भने अझै हटेको छैन ।
 
गाउँमा घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता अथावत् नै रहेको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा भने फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ । 
 
ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण  बिग्रिएका छन्  । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो । 
 
माघसम्म देशैभर फोरजी सेवा पु¥याउने लक्ष्य रहेको जनाइएको छ । हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्नेक्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिए । फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ । सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी शुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ । 
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago