भर्खरै

टं«क लाइनको अरबौं रकम उठाउन रोक्न प्रधानमन्त्री नै देशका भ्रष्टाचारी हुन् : अध्यक्ष भट्टराई

  • प्रकाशित मिति : Sun-02-Feb-2020
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,माघ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणको अरबौं रकम उठाउन रोक्ने प्रधानमन्त्री नै देशको मुख्य भ्रष्टाचारी रहेको बताएका छन् ।
 
आइतबार प्राधिकरणको केन्द्रिय कार्यालयमा भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद्को सातौं राष्ट्रिय महाधिवेशन समारोहको समुद्धघाटनमा बोल्दै अदालत तथा न्यायिक कार्यालयले प्राधिकरणको टं«क लाइन विद्युत महशुल उठाउन स्वीकृति दिएपनि देशको प्रधानमन्त्रीले नै अवरोध गरेको भन्दै प्रधानमन्त्री नै देशको भ्रष्टाचारी रहेको बताएका हुन् । 
 
गत पुसको पहिलो सातातिर ट्रंक लाइनको बक्यौता तिर्न उद्योगीहरुलाई प्राधिकरणले अन्तिम चेतावनी दिँदै पत्र काटेको थियो । तर, प्राधिकरणले गत मंसिर २४ गते ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा रहेको सञ्चालक समितिबाटै निर्णय गरेर पत्र काटेको भएपनि सरकारबाटै यो कारवाही रोक्न आदेश आएपछि प्राधिकरण महशुल उठाउने विषयमा सेलाएको उनको भनाई छ ।
 प्राधिकरणको टं«क लाइन महशुल सम्बन्धि मुद्धा लड्दा जतिपनि खर्च भएको छ सो सबै रकम उठाउनुपर्ने माग राख्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यो रकम उठाउन हामी यूनियनहरुले पनि सहयोग गर्ने उनले बताए । कार्यक्रममा बोल्दै “के अदालत भन्दा माथि यो देशको प्रधानमन्त्री हो ?” उनले प्रश्न गरे । त्यस्तै उनले प्राधिकरणभित्र पनि आनो मान्छेलाई राम्रो ठाउँमा सरुवा गराउने,आना मान्छेलाई नजिक पायक पर्ने र राम्रो ठाउँमा लैजान आफन्तवादले प्राधिकरणलाई छोएको आरोप लगाएका छन् । कर्मचारीको सेवा सुविधा, वृत्ति विकास र संस्थाको हितको विषयमा ट्रेड यूनियन–यूनियन बीचको प्रतिस्पर्धा हुनुपर्ने मान्यताले काम गर्नुपर्ने बताउँदै व्यवस्थापन सबै ट्रेड यूनियन प्रति एउटै धारणा हुनुपर्ने बताए । 
 
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हाम्रो देशमा जुन किसिमको भ्रष्टाचार छ त्यसको अन्त्य नभए सम्म देशमा कुनैपनि तन्त्रले काम नगर्ने बताए । देशका नेताहरुले जुनसुकै क्षेत्रमा काम गर्दा इमान्दारीता भन्दा पनि भ्रष्टाचार बढी गर्ने भएकोले देशको विकास हुन नसकेको भन्दै उनले भ्रष्टाचारी सबैलाई सरकारले टुडिखेलमा लगेर फासी दिनुपर्ने बताए । 
त्यस्तै कार्यक्रममा बोल्दै उनले आज सम्म एक रुपैंया पनि भ्रष्टाचार नगरेको बताउँदै उनले अहिले अदालत नै दलालीको अड्डा बनिसकेको भन्दै अब देशको विकास हुन सबै उच्चपदस्थ व्यक्तिहरुको सम्पत्तिमाथि छानविन गरी अवैद्ध सम्पति जफत गर्नुपर्ने उनको माग रहेको छ ।  
 
त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हामी सबैको प्रयासले केही हदसम्म सुधार गरेर वर्षौदेखि घाटामा गएको प्राधिकरणलाई नाफामा लैजान सफल भएको बताउँदै कर्मचारीहरुको सेवा सुविधा र वृत्ति विकास गर्न सकेको उनले बताए । उनले भने अहिले देशभर नै विद्युतको व्यवस्थापन गर्न सफल भएका छौ । त्यसैले एक अर्काप्रति आरोप प्रत्यारोप गरेर भन्दा पनि हामी सबै मिलेर काम गर्नुपर्छ, उनले भने ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago