भर्खरै

नलगाड आयोजनाको मुआब्जा रकम बढाउन प्रभाावितको माग

  • प्रकाशित मिति : Mon-03-Feb-2020
  • - Admin
title

जाजरकोट, माघ ।  जाजरकोटमा निर्माण हुन लागेको  ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको मुआब्जा बढाउन आयोजना प्रभावित जनताले माग गरेका छन् । आयोजना प्रभावित क्षेत्रको मुआब्जा ७ वर्षअघि निर्धारण भएको र समयमा नै मुआब्जा रकम नपाएको भन्दै प्रभावितले पुनः मुआब्जा रकम निर्धाण गर्न माग गरेका हुन् ।
अयोजनाबाट नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका स्थानिय प्रभावित रहेका छन् । आयोजनाले स्थानीयलाई प्रतिरोपनीे जग्गाको ४ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । प्रभावितले प्रतिरोपनी १० लाख, घर, घट्ट, मिल, फलफूलका बिरुवालगायतको एकीकृत मूल्यांकन गरी मुआब्जा दिनुपर्ने माग गरेका छन् ।  त्यस्तै ५ रोपनी भन्दा कम जग्गा हुने परिवारलाई पुनर्बासको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
 
शनिबार बारेकोट–८ सेपुखोलामा मुआब्जा निर्धारण उपसमितिले गरेको छलफलमा स्थानीयले मुआब्जा रकम बढाउन माग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिमा नापी, मालपोत र नलगाड हाइड्रोपावर कम्पनीका प्रतिनिधि सदस्य छन् ।  अहिलेसम्म जग्गाको मुआब्जा निकै कम मात्र पाइएको स्थानियले बताए । घर लगायतका अन्य संरचनाको मुआब्जा नपाइएको स्थानियले गुनासो गरेका थिए ।  प्रभावितको माग सम्बोधन नगरे संघर्षमा उत्रिने स्थानियको भनाइ छ । 
स्थानीयले सहायक प्रजिअ विष्णु सहनीमार्फत सरकारलाई मुआब्जा वृद्धिसहितको मागपत्र बुझाएका छन् । उचित र जायज माग सम्बोधनका लागि आवश्यक पहल गर्ने सहनीले बताए ।

प्रतिक्रिया