भर्खरै

पोखरा इलेक्ट्रिक एशोसिएसनको साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : Mon-03-Feb-2020
  • - Admin
title
 पोखरा, माघ । पोखरा इलेक्ट्रिक एशोसिएसनको २० औँ वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । साधारण सभा तथा बनभोज कार्यक्रम  माघ १८ गते पोखरा स्थित दोबिल्लामा भएको हो ।
 
पोखरा भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको एशोसिएसनले विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायका विषयमा काम गर्दै आएको छ । एशोसिएसनले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । 
 
एशोसिएसनको साधारण सभा  तथा बनभोज कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन पौड्यालको प्रमुख आथित्य रहेको एशोसिएसनका अध्यक्ष राजु भण्डारीले जाकारी दिए । त्यस्तै विशेष अथितिहरुमा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिव बहादुर कोइराला र पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी रहेका थिए । त्यस्तै अतिथिहरुमा महासंघका सल्लाहकार महेन्द्र कुमार राठी, प्रेम बहादुर जिसी, पूर्व अध्यक्ष गोविन्द प्रसाद कँडेल, रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष हरीहर ज्ञावाली, तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष सन्तमा श्रेष्ठ लगायत उपस्थिति रहेको थियो । 
बनभोज कार्यक्रममा ८० भन्दा बढी विद्युतीय व्यवसायीहरु परीवार सहित उपस्थित रहेको एशोसिएनका अध्यक्ष भण्डारीले जानकारी दिए । कार्यक्रममा एशोसिएसनको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरीएको बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago