इलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित गराउनु हाम्रो उद्धेश्य हो ।

  • प्रकाशित मिति : Wed-05-Feb-2020
  • - तुलसीराम पन्थी,अध्यक्ष,राप्ती इलेक्ट्रिसियन संघ
title

 
राप्तीमा रहेर इलेक्ट्रिसियन पेशामा आवद्ध रहँदै आउनुभएका राप्ती इलेक्ट्रिसियन एशोसिएसनका अध्यक्ष तुल्सीराम पन्थीसँग दाङमा इलेक्ट्रिसियनहरुको अवस्था, इलेक्ट्रिसियनहरुको समस्या, आवश्यकता, माग, सरकारले इलेक्ट्रिसियनहरुका लागि गरेका कार्य लगायतका विषयमा विद्युत संसार साप्ताहिकका संवाददाता शिखर श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
राप्ती इलेक्ट्रिसियन एशोसिएशन स्थापना गर्नुको प्रमुख उद्धेश्य के हो ? यसको बारे बताईदिनुहोस् न । 
इलेक्ट्रिसियनहरुको हकहित तथा अधिकारका लागि हामीले राप्ति इलेक्ट्रिसियन एशोसिएशनको स्थापना गरेका हौ । दाङ जिल्ला भित्रका इलेक्ट्रिसियनहरुको सक्रियतामा हामीले वि.स २०६३ सालमा यस एशोसिएशनको स्थापना गरेका हांै । मूख्य गरी इलेक्ट्रिसियन पेशामा आवद्ध इलेक्ट्रियनहरुलाई एकिकृत गरी उनिहरुको हक अधिकारका लागि आवाज उठाई इलेक्ट्रिसियन पेशालाई मर्यादित पेशाको रुपमा स्थापित गराउनु नै एशोसिएसनको प्रमुख उद्धेश्य हो । 
 
इलेक्ट्रिसियनहरुका लागि एशोसिएशनले कस्ता कार्य गर्दै आएको छ ? यसका बारेमा बताईदिनुहोस् न । 
विद्युतसँग सम्बन्धित भएर गरिने इलेक्ट्रिसियन पेशा निकै संवेदनशील पेशा हो । काम गर्ने क्रममा साना त्रुटि भएको खण्डमा पनि ठूलो क्षति हुन सक्छ । तसर्थ यो पेशा निकै संवेदनशील र महत्वपूर्ण रहेको छ । यद्यपि नेपाल इलेक्ट्रिसियन पेशा प्रति आम मानिसको धारण फरक रहेको छ । इलेक्ट्रिसियन पेशालाई निकै नै तल्लो स्तरको पेशाका रुपमा हेर्ने गरेको पाइन्छ । यसमा सरकारको समेत वेवास्ता रहेको छ । इलेक्ट्रिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिहरुको प्रमाणपत्र समेत रहेको छैन । त्यस्तै कतिपय व्यक्तिहरु अनुभव विना नै इलेक्ट्रिसियन पेशामा संलग्न हुँदै आएका छन् । दक्षता हासिल नगरिकन नै इलेक्ट्रिसियन पेशामा आवद्ध यस्ता इलेक्ट्रिसियनहरुका कारण ठूलो विद्युतीय दुर्घटना समेत हुने गरेको छ । तसर्थ इलेक्ट्रिसियनहरुलाई उनिहरुको दक्षता अनुरुप प्रमाण पत्रको व्यवस्था गर्न एशोसिएसनले पहल गर्दै आएको छ । त्यस्तै काम गर्ने क्रममा इलेक्ट्रिसियनहरुलाई उचित पारिश्रमिक नदिने, तोकिएको समयमा पारिश्रमिक नदिने जस्ता कार्यहरु हुँदै आएको छ , यसको अन्त्यका लागि हामीले कार्य गर्दै आएका छौ ।
 इलेक्ट्रिसियनहरु प्रति नेपाली समाजमा जस्तो खालको दृष्टिकोण रहेको छ त्यो हामी परिवर्तन गर्ने प्रयासमा छौ । इलेक्ट्रिसिनहरुको हकहितका लागि र उपभोक्ताको सुरक्षाका लागि हामीले काम गर्दै आएका छौ । हामीले एशोसिएसन मार्फत विभिन्न निकायसँग समन्वय गरी इलेक्ट्रिसियनहरुलाई समय समयमा तालिम समेत प्रदान गर्दै आएका छौ । 
 
इलेक्ट्रिसियनहरुको पारिश्रमिको दर रेट कायम नहँुदा इलेक्ट्रिसियनहरु समस्यामा पर्ने गरेको छ भन्ने सुनिएको छ, यसमा एशोसिएसनले कस्ता कार्य गर्दै आएको छ ?
 हामीले राप्ती एशोसिएसन मार्फत इलेक्ट्रिसियनहरुको दर रेट कायम गरेका छौ । हामीले वि.स २०६८ साल देखि इलेक्ट्रिसियनहरुको पारिश्रमिक कार्यान्वयन गर्दै आएका छौ । एशोसिएसनमा आवद्ध इलेक्ट्रिसिनहरुले सोहि दर रेटका आधारमा काम गर्दै आएको भए पनि एशोसिएसनमा आवद्ध हुन नसकेका छरिएर रहेका इलेक्ट्रिसियनहरु आफ्नो मनपरी ढंगबाट पारिश्रमिक लिदै आएको पाएका छौ । यस्तो समस्या राप्तीमा मात्र नभई देशका सबै क्षेत्रमा रहेको छ । यसले इलेक्ट्रिसियनहरु बीच अस्वस्थ प्रतिस्पर्धा कायम गरेको छ । इलेक्ट्रिसियनहरुले निश्चित मूल्यमा काम नगर्दा कामको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । यसको अन्त्यका लागि हामीले सबै इलेक्ट्रिसियनहरुलाई एशोसिएसनमा आवद्ध गराउने प्रक्रियामा छौ । सीप परिक्षण गरेर यस क्षेत्रमा लाग्न अनुरोध समेत गर्ने गरेका छौं । 
 
हालै नेपाल विद्युतीय प्राविधिक महासंघको गठन भएको छ, यसबाट इलेक्ट्रिसियनहरुका लागि कस्तो फाईदा हुन्छ ?
नेपाल विद्युतीय प्राविधिक महासंघ देशभर छरिएर रहेका इलेक्ट्रिसियनहरुको साझा संगठन हो । १५ वटा जिल्ला संघहरुको सहभागितामा हामीले विद्युतीय प्राविधिक महासंघ गठन गरेका हौ ।  देशभरका इलेक्ट्रिसियनहरुको हक अधिकारका लागि  महासंघको स्थापना गरेका हांै । इलेक्ट्रिसियनहरुले काम गर्ने क्रममा झेल्नुपर्ने समस्या, इलेक्ट्रिसियनहरुको आवश्यकता लगायतका माग सरकार सम्म पु¥याई इलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित गराउनका लागि महासंघ गठन गरेका हांै । देशभरका इलेक्ट्रिसियनहरुलाई एकिकृत गराउँदै इलेक्ट्रिसियनहरुको साझा उद्धेश्य प्राप्तिका लागि महासंघ अघि बढ्दै जानेछ । 
 
प्राविधिक महासंघको स्थापनाले इलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित हुन्छ त ?
 हामीले देशभर रहेका इलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित गराउन नै महासंघको गठन गरेका छौ । देशभर रहेका इलेक्ट्रिसियनहरुलाई एकिकृत गराउँदै इलेक्ट्रिसियनहरुको हक अधिकार स्थापित गराउने हाम्रो प्रमुख उद्धेश्य रहेको छ । तसर्थ महासंघले इलेक्ट्रिसियनहरुको हक हितका लागि काम गर्दछ भन्नेमा सबै इलेक्ट्रिसियनहरुलाई विश्वस्त हुन आग्रह गर्दछौ । 
 
इलेक्ट्रियिन एशोसिएसनमा आवद्ध हुन नसकेका इलेक्ट्रिसियनहरुलाई के भन्नु हुन्छ ?
हाम्रो राप्ती इलेक्ट्रिसियन एशोसिएसनमा हाल सम्म १ सय ८० भन्दा बढी इलेक्ट्रिसियनहरु आवद्ध छन् । इलेक्ट्रिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको  हक अधिकारका लागि नै यस एशोसिएसनको स्थापना भएको हो । इलेक्ट्रिसियनहरुको हक अधिकार र क्षमता अभिवृद्धिका लागि एशोसिएसन आवश्यक छ । तसर्थ आम इलेक्ट्रिसियनहरुलाई एशोसिएसनमा आवद्ध हुन आग्रह गर्दछु । काम गर्ने क्रममा आउने समस्याहरुको समाधानका लागि पनि एशोसिएसनले सहयोग गर्ने छ ।
 
अन्त्यमा के भन्नु हुन्छ ?
इलेक्ट्रिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुलाई एशोसिएसनमा आवद्ध हुन आग्रह गर्दछु । इलेक्ट्रिसियन पेशामा आवद्ध हुनका लागि इलेक्ट्रिसियन सम्बन्धि सीप अनिवार्य रुपमा सिक्न आग्रह गर्दछु ।  

प्रतिक्रिया