भर्खरै

नेपाल टेलिकमको ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार

  • प्रकाशित मिति : Thu-06-Feb-2020
  • - भीमलाल श्रेष्ठ
title

काठमाण्डौ ,माघ ।  नेपाल टेलिकमले २०७३ सालको पुस १७ गते पहिलोपटक सुरु गरेको चौथो पुस्ताको इन्टरनेट सेवा (फोरजी सेवा) यसै सातादेखि ७७ वटै जिल्लामा पुगेको छ । 
 
पछिल्लो पटक यहि मंगलबार हुम्लाको सदरमुकाम सिमिकोटमा फोरजी सेवा जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भएको हो । 
 
पहिलो पटक काठमाण्डौ र पोखरामा सुरु गरेको फोरजी सेवा एक वर्षभित्र देशभर विस्तार गर्न गत माघ २० गते सम्झौता गरेको थियो । नेपाल टेलिकमले अहिले आठ सय १८ मेगाहर्ज ब्याण्डअन्तर्गत फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको र परियोजना सम्पन्न हुँदासम्म ६५ लाख फोरजीका नयाँ ग्राहक थप गर्ने कम्पनीले लक्ष्य लिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सबै जिल्लामा फोरजी सेवा पु¥याउने अभियान यसै साता सफल भएको बताए । उनका अनुसार यो सेवा विस्तार गर्न २ हजारभन्दा बढी स्थानमा करीब ३ हजार ६०० इनोडेवी सहितको अत्याधुनिक प्रविधि जडान गरिएको छ । 
 
मंगलवार कम्पनीको १६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यो जानकारी दिएका हुन् । कम्पनीले गतवर्ष १ वर्षभित्र सबै जिल्लामा यस्तो सेवा विस्तार गर्ने घोषणा गरेको थियो । प्रबन्ध निर्देशक अधिकारीले भने, ‘चुनौतीपूर्ण भूबनोट, प्रतिकूल मौसमलगायत जटिलताको कारण बाँकी रहेका परियोजना अन्तर्गतको काम पनि यथाशीघ्र सम्पन्न गरिनेछ ।’ परियोजना सम्पन्न भएपछि पनि सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धिको कार्य निरन्तर अगाडि बढ्ने उनको भनाई छ । गत १ वर्षमा मात्र कम्पनीले मोवाइल सोको विस्तारको लागि करिब ३४० वटा नयाँ टावर जडान गरी बिटिएस सञ्चालनमा ल्याई सेवा विस्तार गरेको अधिकारीले जानकारी दिए ।
 
टेलिकमले देशभरका ग्राहकहरुलाई जोडिरहेको स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटिटिएच विस्तार परियोजनालाई प्राथमिकता दिएर हाल देशका २८ जिल्लाका ५७ एक्स्चेन्जहरु मार्फत १ लाख ४५ हजारको नेटर्वक जडान भई ३६ हजार ४ सय भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिएको छ । साथै कम्पनीले हालै नेपाल दूरसञ्चार प्राधिकरणसँग कर्णाली र सुदूरपश्चिम प्रदेशमा सूचना राजमार्गको निर्माणका लागि सम्झौता गरेको छ । सो कार्य निर्धारित समयमै सम्पन्न गर्ने कम्पनीको भनाइ छ । टेलिकमका अनुसार ६६ जिल्लामा अप्टिकल फाइबर पुर्वाधार विस्तार भएको छ । बाँकी रहेको जिल्लामा समेत अप्टिकल फाइबर लगायत प्रविधि विस्तार गर्ने काम भइरहेको प्रबन्ध निर्देशक अधिकारीले बताए । 
 
 
सेवा अझै गुणस्तरीय र सर्वसुलभ बनाउने प्रतिबद्धता
 
नेपाल टेलिकमले आफ्नो सेवालाई अझै गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले आफ्नो सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो । 
एक वर्षको अवधिमा टेलिकमले देशभर चौथो पुस्ताको मोबाइल सेवा विस्तारमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।  यो अवधिमा तामाको तारबाट चल्ने परम्परागत स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवामा रुपान्तरण गरिएको छ । अत्याधुनिक सूचना प्रविधि सञ्जाल देशभर विस्तार गर्ने राष्ट्रिय लक्ष्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत प्रदेश १, २ र वाग्मती प्रदेशमा काम अघि बढेको पनि प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।
 
यस्तै, सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले टेलिकमले सफलता प्राप्त गर्दै गएको बताए । यस्तै, मन्त्री बास्कोटाले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago