भर्खरै

मोनोलाइटद्धारा ११ जनालाई वेष्ट सेलर अवार्ड प्रदान

  • प्रकाशित मिति : Wed-12-Feb-2020
  • - Admin
title
 
धुलिखेल, माघ । नेपालको विद्युतीय क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल रहेको मोनोलाइट कम्पनीले आफ्नो सबैभन्दा सर्वोत्कृष्ठ ११ जना व्यवसायीलाई अवार्ड प्रदान गरेको छ । हाम्रो मोनोलाइट राम्रो मोनोलाइट भन्ने मूल नारा लिएर २०१४ सालबाट व्यवसाय गर्दै आईरहेको मोनोलाइट कम्पनीले शनिबार पर्यटकीय नगरी क्षेत्र धुलिखेलको मिरावल होटलमा एक कार्यक्रमको आयोजना गरी व्यवसायीहरुलाई सम्मानका साथै वेष्ट सेलर अवार्ड प्रदान गरेको हो । 
 
कम्पनीले प्रदान गरेको अवार्डबाट सम्मानित हुनेहरुमा काठमाण्डौंका गजेन्द्र खड्का, जय विष्ट, केशव खड्का, विरगञ्जका कृष्ण पटेल र साकीर हुसेन, नारायणटारका मिलन बस्नेत, निरञ्जन लामिछाने, अच्युतम तिमल्सिना, दिपेन्द्र राज भण्डारी र धादिङका नानीराम श्रेष्ठ गरी १० जनालाई वेष्ट सेलर अवार्ड प्रदान गरिएको छ भने विरगञ्जका सन्तोष सराफलाई मोनोलाइट सर्पोट अवार्ड बाट सम्मानित गरेका छन् । कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले यस कम्पनीले हाल सम्म गुणस्तरीय विद्युतीय सामानको उत्पादन ,आयात तथा बिक्रि वितरण गर्दै आइरहेको बताउँदै आगामी दिनहरुमा पनि यसरी नै गुणस्तरलाई पहिलो प्राथमिकता दिएर व्यवसाय गर्नुपर्ने बताए । उनले भने  मोनोलाइट कम्पनी महासंघका हरेक कार्यहरुमा सहभागी हुँदै आइरहेको छ ,त्यसैले आगामी सञ्चालन हुन लागेको इलेक्ट्रो टेकमा पनि सहभागी हुन अनुरोध गरे । 
त्यस्तै विरगञ्ज विद्युतीय व्यवसायी संघका अध्यक्ष कृष्ण पटेलले मोनोलाइटले व्यवसायमा नआत्ति र नमात्ति काम गर्दै गुणस्तरयुक्त प्रोडक्टहरुमा ल्याउने भएकाले यस ब्राण्डका हरेक सामानहरु उपभोक्ताहरुलाई ढुक्क भएर प्रयोग गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago