भर्खरै

तार भूमिगत बनाउन प्राधिकरण र सडक विभाग बीच समझदारी

  • प्रकाशित मिति : Wed-12-Feb-2020
  • - Admin
title
काठमाडौं, माघ । विद्युतीय तारलाई भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरण र सडक विभाग बीच सहमति भएको छ । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग र त्यसलाई पुनस्थापनाबारे विभागका महानिर्देशक केवशकुमार शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच बिहीबार समझदारी भएको हो ।
 
प्राधिकरणले करिब ४ सय किलोमिटर सडकमा काम गर्न अनुमति मागेको विभागका महानिर्देशक शर्माले जानमकारी दिए । प्राधिकरणलाई  एकैपटक सबैतिर सडक प्रगोग गर्न अनुमति नदिइएको उनले बताए । उनका अनुसार पहिले ५,७ किलोमिटरमा काम हेर्ने, खाल्डा पारिने स्थानमा धुलो उडाउन नदिन रबर म्याटले छोप्नपर्ने, व्यवस्थित ढंगले काम गर्नुपर्ने र १० दिनभित्र सडकलाई पुन पुरानै अवस्थामा फर्काउनुपर्ने गरी समझदारी भएको बताए ।
 
पहिलो खण्डमा समझदारी अनुसार नै काम गरे क्रमशः तार भूमिगत गर्न अरु खण्डहरु पनि दिँदै जानेउनले बताए । प्राधिकरणले यो सहमतिपछि काठमाडौंमा पहिलोपटक तारलाई भूमिगत गर्ने कामको थालनी गर्ने भएको छ । यसका लागि लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । ३२ महिनाभित्र पहिलो चरणमा काठमाण्डौको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने योजना छ । यसका लागि निर्माण मेसिन, उपकरण र सरसामान आईसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुआतमा महाराजगञ्ज क्षेत्र र सिहंदरबारबाट धोबीखोला जाने फिडरको लाइन भूमिगत गर्न तायरी भइरहेको छ बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago