भर्खरै

विद्युत प्राधिकरण सिन्धुलीका इन्जिनियर ७५ हजार घुससहित पक्राउ

  • प्रकाशित मिति : Sun-16-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title

काठमाडौं,फागुन  । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिन्धुली वितरण केन्द्रका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ गरेको छ ।
 
प्राधिकरणको कार्यालय भवनको फ्ल्याट थप गर्ने कार्य सम्पन्न भए पश्चात बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनारलाई शुक्रबार पक्राउ गरेको हो ।
 
आयोगका अनुसार इन्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेक बहादुर खडकालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले कमलामाई नगरपालिका(७ गैरी चौकबाट उनलाई पक्राउ गरिएको र इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
 
अहिले दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
 

प्रतिक्रिया