भर्खरै

विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग

  • प्रकाशित मिति : Thu-13-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title

काठमाडौं, फागुन  । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका २९६ जना कर्मचारीको लागि  आवेदन खुला गरेको छ ।
 
प्राधिकरणले १०औं तहको सह निर्देशक प्रशासनतर्फका कर्मचारीदेखि जुनियरि मिस्त्रीसम्मका पदमा आवेदन माग गरेको हो ।
 
प्राधिकरणले प्रादेशिक क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालयका लागि ती संख्यामा कर्मचारी माग गरेका छन् ।
इच्छुक उम्मेदवारले फागनु २२ गतेसम्म र दोब्बर दस्तुरमा २९ गतेभित्रमा आवेदन दिन सक्नेछन् । शुक्रबार प्रकाशित सूचना अनुसार विराटनगर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, अत्तरिया र सुर्खेत प्रादेशिक क्षेत्रीय कार्यालय र काठमाडौंका विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
 
विशेष गरी प्राविधिक कर्मचारी बढी मागेको प्राधिकरणले प्रसारण सेवातर्फ भने कम कर्मचारी माग गरेको छ । प्राधिकरणले इच्छुक उम्मेदवारलाई इ–सेवा, कनेक्ट आइपीएस, फोनपे र टोकन पे मार्फत् शुल्क बुझाउन सक्ने जनाएको छ ।
 

प्रतिक्रिया