भर्खरै

क्यान इन्फोटेक मेला शुरु

  • प्रकाशित मिति : Fri-14-Feb-2020
  • - Admin
title
काठमाण्डौ, फागुन । कम्युटर एशोसिएशन अफ नेपाल क्यान महासङ्घले विभिन्न सरोकारवाला संस्थाको सहयोगमा आयोजना गरेको सूचना प्रविधि सम्बन्धी मेला ‘क्यान इन्फोटेक २०२० इन एशोसिएशन विथ वल्र्ड्लिङ्क’ आजदेखि शुरु भएको छ ।
 
भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा छ दिनसम्म सञ्चालन हुने मेलामा १८६ व्यासायिक स्टल रहेको क्यान महासङ्घका महासचिव नारायण थापाले जानकारी दिए । यो मेलामा हरेक वर्ष करीब चार लाखले अवलोकन गर्ने गरेका छन् ।  सन् १९९२ देखि क्यान मेला हुँदै आएको छ ।
 
यसपटकको क्यान इन्फोटेकको प्रमुख विशेषता इन्नोभेशन एक्स्पोजर रहने छ । यसअन्तर्गत स्टार्ट अप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ उत्पादनको प्रदर्शनी गर्ने छन् । रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेसजस्ता प्रतियोगिता पनि आयोजना गरिनेछ । विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री वितरण गर्ने जनाइएको छ । मेलामा इन्फोटेकमा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवसर्किङ, मोबाइल फोन तथा सोलुुशन, विद्युतीय सुरक्षा आदिबारे प्रदर्शनी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago