सुविसुको क्यान इन्फोटेकमा आर्कषक अफर, २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेजलाई मात्र २६ सय ५४ मै
- प्रकाशित मिति : Sun-16-Feb-2020
- - विद्युत संसार सम्वाददाता

काठमाडौं,फागुन । नेपालको एक अग्रणी र प्रतिष्ठित रुपमा रहेको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले शुक्रबारबाट शुरु भएको क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ ।
कम्पनीले यस अफर अन्र्तगत सेवाग्राहीले २५ एमवीपएएस इन्टरनेट र फुल एचडी प्याकेजलाई (२७५ प्लस च्यानल, ९५प्लस एसडी) मात्र २६ सय ५४ मै प्राप्त गर्नु सकिने आर्कषक अफर ल्याएको हो ।
जसमा भित्र जडान शुल्क देखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश रहेको छ । यसका साथ साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको कम्पनीले जनाएको छ ।
शुक्रबारदेखि ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक सहायता कक्ष , विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।