भर्खरै

प्रधानमन्त्रीद्धारा विद्युत तार भूमिगत बनाउने कामको शुभारम्भ , अब शहर कुरुप हुने दिन गयो : प्रधानमन्त्री

  • प्रकाशित मिति : Mon-17-Feb-2020
  • - विद्युत संसार सम्वाददाता
title

काठमाण्डौ,फागुन । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्क्षी परियोजनाको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलाीद्धारा भएको छ ।
 
आज महाराजगञ्जको नेपाल प्रहरी प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीले उक्त परियोजनाको कार्य आरम्भ गरेको हो । 
 
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताल लगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
 
त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा पनि तार भूमिगत गरिने । ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशः करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ । साथै त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशमा अब विकासको नयाँ अध्यायको शुरुवात भएको बताएका छन् । प्रधानमन्त्रीले  विद्युत, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।उनले भने यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिन्छ , “यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्ने र शहर कुरुप नभई चिटिक्कको शहर बन्ने छ । ” पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ । विद्युत, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो । 
सरकारले विकास निर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उनले केही मान्छेलाई भने विकास निर्माणको कामले पीर परेको बताए । उनले भने देशमा विकासका कामहरु धमाधम भईरहेको पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको बताए ।  उनले विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्न आग्रह गरेका छन् । 
प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भए पनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना मात्र गर्ने गरिएको बताए । उनले दार्चुलामा मात्र दुईवटा तुइन बाँकी रहेको छ त्यसैलाई देखाएर आलोचना गरिरहेको बताउँदै उनले वर्तमान सरकार गठन भए पछि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको चाहिँ किन देखिएन ? उनले प्रश्न गरे । 
 
सरकारले दुई वर्षको अवधिमा करीब तीन हजार किलोमिटर सडक कालोपत्र भएको तथ्याङ्क पेश गरे । प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । एक सय वर्षभन्दा बढीको अवधिमा नेपालको कूल  विद्युत् उत्पादन ५०० मेगावाट मात्रै रहेकामा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।  प्रधानमन्त्री ओलीले नेपालबाट वौद्धिक पलायन रोक्ने बताउँदै विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने पनि बताए ।

प्रतिक्रिया