काठमाण्डौ विद्युतीय व्यवसायी संघद्धारा आयोजित बनभोज सम्पन्न
- प्रकाशित मिति : Tue-18-Feb-2020
- - Admin

काठमाण्डौ, फागुन । काठमाण्डौ विद्युतीय व्यवसायी संघद्धारा आयोजित बनभोज कार्यक्रम सम्पन्न भएको छ । व्यवसायीहरुको मनोरञ्जनका लागि संघले आयोजना गरेको बनभोज कार्यक्रम ललितपुर खोकना स्थित सिकालि चौरमा फागुन ३ सम्पन्न भएको हो ।
विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको यस संघले व्यवसायीहरुको मनोरञ्जनका लागि बनभोज कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष राजेन्द्र बैष्णवले जानकारी दिए । उनका अनुसार बनभोजमा काठमाण्डौ उपत्यकाका करीब ४०० भन्दा बढी विद्युतीय व्यवसायीहरुको उपस्थित रहेकोे बताए ।